युभेन्ट्स र इन्टरको खेलमा तीन खेलाडीलाई रातो कार्ड   « Khabarhub

युभेन्ट्स र इन्टरको खेलमा तीन खेलाडीलाई रातो कार्ड  


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तीनवटा रातो कार्ड देखाइएको खेलमा युभेन्ट्स र इन्टर मिलान बराबरीमा टुंगिएका छन् ।

कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा भिडेका युभेन्टस र मिलान रातो कार्डका बाबजुद १–१ को बराबरी खेलेका छन् ।

पहिलो हाफमा गोलरहित भए पनि अत्यन्त रोचक भिडन्त देखिएको सो खेलको अन्तिम समय अर्थात् ८३औं मिनेटमा जुआन कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाएका थिए तर इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याएपछि खेल बराबरीमा टुंगियो ।

एलिएन्ज एरिना टोरिनोमा मंगलबार राति भएको सो खेलमा रेफ्रीले तीन खेलाडीलाई रातो कार्ड देखाए। इन्टरका कप्तान समिर हान्डानोभिक, युभेन्टसका लुकाकु र जुआन कोर्डाडोले रातो कार्ड पाएका हुन्।

गोललगत्तै समर्थकमाझ खराब व्यवहार गरेपछि रेफ्रीले लुकाकुलाई दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । खेल सकिएलगत्तै झगडा गर्न पुगेपछि युभेन्ट्सका अर्का खेलाडी कोर्डाडो पनि रातो कार्ड खानेमा परेका छन् । सोही झगडामा सामेल भए पछि मिलानका कप्तानलाई पनि रातो कार्ड दिइएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : ३० बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका