उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने  « Khabarhub

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने 

रविविरुद्ध मात्रै उजुरी, छानविन गरेर निर्णय लिइने


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ ।

आयोगले उम्मेदवारकाबिरुद्धमा मंगलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो ।

तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रवि लामिछानेविरुद्ध ४ वटा उजुरी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरे पछि चितवन २ मा पुनः उपनिर्वाचन हुन लागेको हो । उनीमाथि परेको उजुरीउपर चितवन निर्वाचन कार्यालयले छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्तिपथमा पत्र पठाउँदैछ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : ५४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र