उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने  « Khabarhub

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने 

रविविरुद्ध मात्रै उजुरी, छानविन गरेर निर्णय लिइने


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ ।

आयोगले उम्मेदवारकाबिरुद्धमा मंगलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो ।

तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रवि लामिछानेविरुद्ध ४ वटा उजुरी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरे पछि चितवन २ मा पुनः उपनिर्वाचन हुन लागेको हो । उनीमाथि परेको उजुरीउपर चितवन निर्वाचन कार्यालयले छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्तिपथमा पत्र पठाउँदैछ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : ५४ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका