सुनको भाउ हालसम्मकै उच्च « Khabarhub

सुनको भाउ हालसम्मकै उच्च


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको भाउ अकाशीएको छ । नयाँ रेकर्ड कायम गर्दै बुधबबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा पुगेको छ ।

यो मूल्य अहिलेसम्मको उच्च मूल्य हो । यसअघि ५ चैतमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुनको मूल्य एक हजार रुपैयाँले बढेको थियो । सोहि दिन छापावाल सुन प्रतितोला १ लाख ९ हजार र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १२ : ०१ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम