सालकको खपेटासहित भक्तपुरबाट दुईजना पक्राउ « Khabarhub

सालकको खपेटासहित भक्तपुरबाट दुईजना पक्राउ


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिका-२ बर्खेबाट ९९८ ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका-२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भएका २२ वर्षीय आशुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १ : ०० बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६