कार्यव्यवस्थामा दलीय प्रतिनिधित्वको संख्या टुंगियो « Khabarhub

कार्यव्यवस्थामा दलीय प्रतिनिधित्वको संख्या टुंगियो


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलीय प्रतिनिधित्वको संख्या टुंगिएको छ ।  

बुधबार बसेको सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

 बैठकले कार्यव्यवस्थामा सभामुख, उपसभामुख, कानुनमन्त्रीसहित २१ जना सहभागी हुने गरी संख्या टुंग्याएको हो । 

जसअनुसार कांग्रेसबाट ६, एमालेबाट ५, माओवादी केन्द्रबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति र एक सिट भएका र स्वतन्त्रसमेत गरी एक एक जना कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुनेछन् । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  २ : ५५ बजे

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला