कार्यव्यवस्थामा दलीय प्रतिनिधित्वको संख्या टुंगियो « Khabarhub

कार्यव्यवस्थामा दलीय प्रतिनिधित्वको संख्या टुंगियो


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलीय प्रतिनिधित्वको संख्या टुंगिएको छ ।  

बुधबार बसेको सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

 बैठकले कार्यव्यवस्थामा सभामुख, उपसभामुख, कानुनमन्त्रीसहित २१ जना सहभागी हुने गरी संख्या टुंग्याएको हो । 

जसअनुसार कांग्रेसबाट ६, एमालेबाट ५, माओवादी केन्द्रबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति र एक सिट भएका र स्वतन्त्रसमेत गरी एक एक जना कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुनेछन् । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  २ : ५५ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित