लोकगीतको संरक्षण गर्नु सरकारको दायित्व : मुख्यमन्त्री अधिकारी « Khabarhub

लोकगीतको संरक्षण गर्नु सरकारको दायित्व : मुख्यमन्त्री अधिकारी


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लोकगीतको संरक्षणको दायित्व सरकारको भएको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा उनले प्राकृतिक सम्पदा र लोकगीत तथा संस्कृतिमा नेपाल धनी भएको भन्दै यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताए ।

दिवसको अवसरमा प्रतिष्ठानले २५ बालबालिकालाई दुई महिने सारङ्गीवादनको प्रशिक्षण दिने भएको छ । परम्परागत लोकसंस्कृतिको संरक्षण गर्ने उद्देश्यले बालबालिकालाई त्यस्तो प्रशिक्षण दिन लागिएको हो ।

प्रशिक्षणमा गन्धर्व समुदायका १५ जनासहित २५ बालबालिकाले सहभागिता जनाउने छन् । झलकमान गन्धर्व पाठशालाको सहकार्यमा प्रतिष्ठानले बिहीबारबाट प्रशिक्षण सुरु गर्न लागेको हो ।

सो अवसरमा प्रशिक्षार्थीले सारङ्गीको धुन प्रस्तुत गरेका थिए । प्राज्ञ दिलीप गायकले बालबालिकालाई प्रशिक्षण दिनेछन् । पाठशालाका लागि प्रतिष्ठानका तर्फबाट १० वटा सारङ्गी सहयोग गरिएको थियो ।

सो अवसरमा मुख्यमन्त्री अधिकारीले गण्डकी नाट्य दर्पणको विमोचनसमेत गरे । जसमा गण्डकी प्रदेशका ११ वटै जिल्लाको नाटकसम्बन्धी आधुनिक इतिहास र जानकारी समेटिएको सम्पादक शिव संकल्पले जानकारी दिए ।

गण्डकी प्रदेशकै स्रष्टा बायोग्राफी पनि कार्यक्रममा मुख्यमन्त्री अधिकारीले सार्वजनिक गरे । यसमा पहिलो चरणमा गण्डकी प्रदेशका विभिन्न २८ स्रष्टाको व्यक्तित्व र कृतित्वलाई श्रव्यदृष्यका माध्यमबाट समेटिएको छ ।

सोही अवसरमा स्रष्टाहरुको स्वास्थ्य बीमा कार्यक्रम पनि आरम्भ गरियो । पहिलो चरणको बीमा कार्यक्रममा दुई सय स्रष्टा यसमा समेटिएका छन् । बीमाका लागि पाँच सय स्रष्टाको निवेदन प्राप्त भएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : १२ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा