राप्रपा र रास्वपा मिले विकास हुन्छ | Khabarhub Khabarhub

राप्रपा र रास्वपा मिले विकास हुन्छ


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा सङ्घीयता नचाहिने र हिन्दूराष्ट्र कायम हुनुपर्छ भन्ने आवाज बुलन्द पारिरहेको छ र देशमा राजसंस्था चाहिन्छ भनेर निकै लामो समयदेखि वकालत पनि गर्दै आइरहेको छ । एमालेका नेता केपी ओलीले पनि राजसंस्थालाई नराम्रो नै भनेको पाइयो । यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री नथा नेता प्रकाश रिमालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश-

राजतन्त्र मान्नेहरू त फटाहा, अज्ञानी र मूर्ख हुन् भन्ने हल्ला छ नि ?

झापामा भएको घटनाका आधारमा राप्रपा चाहिन्छ भन्ने कसैलाई छैन । यस्तो कुरा केपी ओलीले उठाउनु भएको हो । तर प्रदेश १ को नामकरण एमालेकै मुख्यमन्त्रीको नेतृत्वमा भएको हो । राजसंस्था मान्ने फटाहा, अज्ञानी र मूर्ख हुन् भन्नलाई पहिला उहाँले पनि राजसंस्था मान्नु भएको थियो । त्यो बेला उहाँ मूर्ख हो त ? विश्वका धेरै देशहरूले राजसंस्था मान्छन् । राजसंस्थाको कुरा गर्दा सम्पन्न नहुने हैन । गणतन्त्र भएका सबै देश समृद्ध छन् त ? हामीले राजसंस्था हुँदा निरङ्कुश नै हुन्छ भन्ने भाष्य बनाउनु हुँदैन । त्यसैले राप्रपाले खोजको निरङ्कुश राजसंस्था हैन ।

पूर्वराजालाई धेरै फुरफुर नगर हिसाब किताब बाँकी नै छ भन्ने एमालेलाई किन लाग्यो ?

हामी पहिला चुनावमा केही जिल्लास्तरमा गठबन्धन गरेर गएका हौँ । तरपनि एमालेसँगको हाम्रो सम्बन्ध स्थायी हैन । उनीहरूको दर्शन नै गणतन्त्र हो । उनीहरूले हामीलाई सपोर्ट गर्छन् भनेर हामीले सोच्नु हुँदैन । नेपाली जनताको भावना एकातिर, नीति र नियम एकातिर र नेताको भावना अर्कोतिर भएका कारणले देशको यो अवस्था आएको हो । हाम्रा कम्युनिस्ट पार्टीहरू पश्चिमा शक्तिसँग मिलेका छन् ।

पहिलाको दाँजोमा जनमत किन घटेको तपाँईहरुको ?

हामीले हाम्रा मुद्दा, भावना, विचारहरू जनताको घरघरमा पुर्‍याउने काम गर्न सकेनौँ । त्यो हाम्रो कमजोरी हो । जुन दिन हामीले जनतामा सबै कुरा पुर्‍याउन सक्छौँ, त्यो दिन इन्डियामा भाजपाजस्तै बलियो हुन्छौँ । नेपाली समाजको मानसिकता यस्तो भयो कि नेतृत्व राप्रपाको, कुरा राप्रपाको राम्रो हो तर मेरो पुर्खा कांग्रेस हो भन्ने र म त उतै भोट हाल्छु भन्ने छ । त्यो सोचाइ परिवर्तन गर्नुपर्छ ।

राप्रपा सङ्घीयतातिर किन गएको ?

हामी गणतन्त्रको पनि पक्षमा छौँ । यो संविधानले हामीलाई वैचारिक स्वतन्त्रता, दलमाथि विचारको आधारमा प्रतिबन्ध नलाग्ने व्यवस्था गरेको छ । त्यसैले यो निर्वाचनलाई संविधानले दिएको वैचारिक स्वतन्त्रता र विचारको आधारमा दलमाथि प्रतिबन्ध नलाग्ने व्यवस्थालाई हामीले उपयोग गरेका छौँ । संसद्मा उपस्थिति भएर हामीले त्यो ठिक हैन भनेका हौँ । जानै नहुने हैन । सैद्धान्तिक रूपमा हामी स्पष्ट छौँ । हामी जनताका कुराहरू उजागर गर्छौँ । सदनका कुरा जनतामाझ लैजान्छौँ ।

नयाँ पार्टीको तुलनामा तपाईँहरूको मत आएन नि ?

धेरै पार्टीले पुस्तान्तरण हुनुपर्छ भनेका छन् । तर अहिलेसम्म पुस्तान्तरण गरेको पार्टी राप्रपा मात्रै हो । त्यसैको परिणामस्वरूप काठमाडौँमा बालेन शाह, धरानमा हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो ।

तपाईहरूलाई काम गर्न रोकोको राजसंस्था नआएर हो ?

हामी हाम्रो पहिचान संस्कार परम्परा गुमाएर हिँडेका छौँ । संस्कृत क्षेत्री बाहुनको भनेर हटाइयो तर यो त सबैको संस्कारमा चाहिने कुरा हो नि ! क्रिश्चियनहरुसँग बिचार मिल्यो भन्ने राजनीतिक दलहरू धेरै भए । यो मार्गचित्र नै खराब छ । त्यसैले अब राजसंस्था स्थापना गर्ने र हिन्दु राष्ट्रका विषयमा राप्रपा र रास्वपा मिलेर लागे विकास हुन्छ । मुलुकको लागि राजसंस्था, हिन्दु राष्ट्र आवश्यक छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १२ : ३३ बजे

नीति तथा कार्यक्रममा महत्वाकांक्षी सरकारसामू कार्यान्वयन चुनौती

काठमाडौं – सरकारले आज संघीय संसद्‌को संयुक्त सदनमा आगामी आर्थिक

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी