अनारका फाइदै फाइदा « Khabarhub

अनारका फाइदै फाइदा


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शरीरलाई स्वास्थ्य राख्नका लागि फलफूल खानु लाभदायक हुन्छ। त्यसमध्ये महत्त्वपूर्ण फलफूलमा पर्छ अनार। अनार जुनै समयमा पनि पाइने फल हो। यो बच्चादेखि वृद्ध युवा सबैलाई मनपर्ने फल हो।

अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन। अनारमा प्रोटिन, कार्बोहाइड्रेड, फाइबर, भिटामिन र खनिज लयागतका तत्त्वहरु पाइन्छ।

अनारमा अन्य फलफूलमा भन्दा पनि लाभदायक तत्त्वहरु छन्। साथै अनारमा भिटामिन ए, सी, ई र अन्य भिटामिन पनि पाइन्छ। अनार मुटुका रोगीका लागि निकै लाभदायी हुन्छ।

नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा पुग्छ। अनारको सेवन यौन समस्या लगायतका समस्या कम गर्नमा समेत महत्वपूर्ण मानिन्छ।

अनार खानुका फाइदा
– अनारको सेवनले शरीरमा रगतको मात्रामा कमी हुँदैन।
– अनारको सेवनले पुरुषमा हुने प्रोस्टेट क्यान्सरको खतराबाट बचाउँछ।
– दैनिक अनारको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा वृद्दि गराउँछ।
– झाडा पखाला लागेमा ताजा अनारको सेवनले बिरामीलाई चाँडो सहज महसुस हुन्छ।
– अनारमा भएको पानीको मात्राले मिर्गौलालाई सफा राख्न मद्दत गर्छ।
– दैनिक रुपमा अनार खाँदा उच्च रक्तचाप हुने समस्या कम हुँदै जान्छ।
– अनारमा आइरनको मात्रा हुने भएकोले यसले रक्तअल्पताको समस्या कम गर्छ।
– अनारको सेवनले छाला चम्किलो र आकर्षक हुन्छ।
– अनारको सेवनले आँखा चम्किलो बनाउँछ।
– दैनिक रुपमा गर्भवतीले अनारको जुस वा अनार नै सेवन गरे बच्चा र आमा दुवैको स्वस्थ्य राम्रो हुन्छ।
– पाचन प्रणालीमा हुने समस्यालाई कम गराउन अनारको सेवन लाभदायक मानिन्छ।
– वृद्धवृद्धाहरुले अनार खाँदा अल्जाइमर अर्थात् बिर्सने रोगबाट बच्न सकिन्छ।
– अनारले दम, पायल्स लगायतका रोगबाट छुटकारा दिलाउन मद्दत गर्छ।
– अनारको नियमित सेवनले यौनशक्ति बढाउन समेत गद्दत गर्छ।
– अनार सेवनले शरीरमा भएको खराब कोलेष्ट्रोललाई घटाउन मद्दत गर्छ।
– अनारको सेवन गरिरहने मानिसमा फोक्सोको क्यान्सर र स्तन क्यानसर हुने सम्भावना हुँदैन।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : ०९ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई