अनारका फाइदै फाइदा | Khabarhub Khabarhub

अनारका फाइदै फाइदा


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शरीरलाई स्वास्थ्य राख्नका लागि फलफूल खानु लाभदायक हुन्छ। त्यसमध्ये महत्त्वपूर्ण फलफूलमा पर्छ अनार। अनार जुनै समयमा पनि पाइने फल हो। यो बच्चादेखि वृद्ध युवा सबैलाई मनपर्ने फल हो।

अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन। अनारमा प्रोटिन, कार्बोहाइड्रेड, फाइबर, भिटामिन र खनिज लयागतका तत्त्वहरु पाइन्छ।

अनारमा अन्य फलफूलमा भन्दा पनि लाभदायक तत्त्वहरु छन्। साथै अनारमा भिटामिन ए, सी, ई र अन्य भिटामिन पनि पाइन्छ। अनार मुटुका रोगीका लागि निकै लाभदायी हुन्छ।

नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा पुग्छ। अनारको सेवन यौन समस्या लगायतका समस्या कम गर्नमा समेत महत्वपूर्ण मानिन्छ।

अनार खानुका फाइदा
– अनारको सेवनले शरीरमा रगतको मात्रामा कमी हुँदैन।
– अनारको सेवनले पुरुषमा हुने प्रोस्टेट क्यान्सरको खतराबाट बचाउँछ।
– दैनिक अनारको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा वृद्दि गराउँछ।
– झाडा पखाला लागेमा ताजा अनारको सेवनले बिरामीलाई चाँडो सहज महसुस हुन्छ।
– अनारमा भएको पानीको मात्राले मिर्गौलालाई सफा राख्न मद्दत गर्छ।
– दैनिक रुपमा अनार खाँदा उच्च रक्तचाप हुने समस्या कम हुँदै जान्छ।
– अनारमा आइरनको मात्रा हुने भएकोले यसले रक्तअल्पताको समस्या कम गर्छ।
– अनारको सेवनले छाला चम्किलो र आकर्षक हुन्छ।
– अनारको सेवनले आँखा चम्किलो बनाउँछ।
– दैनिक रुपमा गर्भवतीले अनारको जुस वा अनार नै सेवन गरे बच्चा र आमा दुवैको स्वस्थ्य राम्रो हुन्छ।
– पाचन प्रणालीमा हुने समस्यालाई कम गराउन अनारको सेवन लाभदायक मानिन्छ।
– वृद्धवृद्धाहरुले अनार खाँदा अल्जाइमर अर्थात् बिर्सने रोगबाट बच्न सकिन्छ।
– अनारले दम, पायल्स लगायतका रोगबाट छुटकारा दिलाउन मद्दत गर्छ।
– अनारको नियमित सेवनले यौनशक्ति बढाउन समेत गद्दत गर्छ।
– अनार सेवनले शरीरमा भएको खराब कोलेष्ट्रोललाई घटाउन मद्दत गर्छ।
– अनारको सेवन गरिरहने मानिसमा फोक्सोको क्यान्सर र स्तन क्यानसर हुने सम्भावना हुँदैन।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : ०९ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका