ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध « Khabarhub

ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ब्राइटन होव अल्वियोनसँग पराजित हुन पुगेको छत ।

युनाइटेड घरेलु टोली ब्राइटनसँग १–० ले पराजित भएको हो । ब्राइटनले इन्जयुरी समयमा गरेको पेनाल्टी गोलका कारण म्यानचेस्टर पराजित हुन पुगेको हो ।
कम्युनिटी स्टेडियम फाल्मेरमा बिहीबार राति भएको खेलमा घरेलु टोली ब्राइटनले पाहुना टोलीमाथि सुरु देखी दवाव राखे पनि पहिलो र दोस्रो हाफको अन्तिमसम्म कुनै गोल गर्न सकेन ।

तर, इन्जयुरी समयमा पेनाल्टी बक्समा लुका साले ह्यान्ड गर्न पुगे पछि रेफ्रीले ब्राइटनलाई पेनाल्टी दिएका थिए । अन्तिम समयमा आएको सो मौकामा अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्या एलिस्टरएले निर्णायक गोल गरे र ब्राइटन बिजयी हुन सफल भयो ।

यस जितसँगै ब्राइटन ३२ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा छ भने एक खेल बढी खेलेको पराजित युनाइटेड ३३ खेलबाट ६३ अंक जोडेर चौथो स्थानमा छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ०९ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड