बुद्धको सन्देशले आपसी सद्भाव अभिवृद्धि गर्छ : अध्यक्ष नेपाल « Khabarhub

बुद्धको सन्देशले आपसी सद्भाव अभिवृद्धि गर्छ : अध्यक्ष नेपाल


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बुद्धले विश्व मानव समुदायलाई शान्ति र अहिंसाका लागि प्रेरित गरेको बताएका छन् ।

दुई हजार पाँच सय ६७औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस अवसरमा मानव कल्याणका लागि सामाजिक न्याय, समानताको र भ्रातृत्वको सन्देश प्रवाह गरी समृद्ध समाजको परिकल्पना गरिएको बताए । 

बौद्ध दर्शन र चिन्तनले पञ्चशीलका आधारमा दिएको नैतिकताको शिक्षाले मानिसलाई एकापसमा सद्भाव अभिवृद्धि गरी सामाजिक एकता, सुशासन कायम गर्न सहयोग गर्ने उनको भनाइ छ । 

बुद्धले स्थापित गरेका मार्गदर्शन तथा उपदेश विश्व बन्धुत्व र सांस्कृतिक एकताका लागि बलियो आधार भएको भन्दै उनले बुद्धको योगदानलाई चिरस्थायी बनाउन  बौद्ध साहित्य र सम्पदाको संरक्षणमा जोड दिए । 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १२ : ०२ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि