बुद्धको सन्देशले आपसी सद्भाव अभिवृद्धि गर्छ : अध्यक्ष नेपाल « Khabarhub

बुद्धको सन्देशले आपसी सद्भाव अभिवृद्धि गर्छ : अध्यक्ष नेपाल


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बुद्धले विश्व मानव समुदायलाई शान्ति र अहिंसाका लागि प्रेरित गरेको बताएका छन् ।

दुई हजार पाँच सय ६७औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस अवसरमा मानव कल्याणका लागि सामाजिक न्याय, समानताको र भ्रातृत्वको सन्देश प्रवाह गरी समृद्ध समाजको परिकल्पना गरिएको बताए । 

बौद्ध दर्शन र चिन्तनले पञ्चशीलका आधारमा दिएको नैतिकताको शिक्षाले मानिसलाई एकापसमा सद्भाव अभिवृद्धि गरी सामाजिक एकता, सुशासन कायम गर्न सहयोग गर्ने उनको भनाइ छ । 

बुद्धले स्थापित गरेका मार्गदर्शन तथा उपदेश विश्व बन्धुत्व र सांस्कृतिक एकताका लागि बलियो आधार भएको भन्दै उनले बुद्धको योगदानलाई चिरस्थायी बनाउन  बौद्ध साहित्य र सम्पदाको संरक्षणमा जोड दिए । 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १२ : ०२ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित