भारतसँगको सम्बन्धलाई स्थिर बनाउन चिनियाँ विदेशमन्त्रीको आह्वान « Khabarhub

भारतसँगको सम्बन्धलाई स्थिर बनाउन चिनियाँ विदेशमन्त्रीको आह्वान


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गोवा- चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले द्विपक्षीय सम्बन्धलाई स्थिर र सुदृढ विकासको बाटोमा फर्काउन भारतसँग संयुक्त प्रयास गर्न आह्वान गरेका छन् ।

बिहीबार सांघाई सहयोग सङ्गठन (एससीओ) का विदेशमन्त्रीहरूको बैठकका क्रममा भारतीय समकक्षी सुब्रह्मण्यम जयशंकरसँगको भेटवार्तामा छिनले सो आग्रह गरेका हुन् । मन्त्री छिनले दुई पक्षले इतिहासबाट पाठ सिक्नुपर्ने र रणनीतिक एवं दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धलाई सम्हाल्ने बताएका छन् ।

उनले दुई छिमेकीले एकअर्कालाई सम्मान गर्न र एकअर्कालाई सुदृढ बनाउन र आ–आफ्नो राष्ट्रिय पुनर्जागरणमा योगदान पुर्‍याउँदै विश्व शान्ति र विकासमा स्थायित्व र सकारात्मक ऊर्जा सम्प्रेषण गर्दै सामञ्जस्यपूर्ण सहअस्तित्व, शान्तिपूर्ण विकास र साझा पुनरुत्थानको नयाँ मार्गमा लाग्न आह्वान गरेका छन् ।

चीनले भारतसँग द्विपक्षीय परामर्श र आदानप्रदान गर्न, बहुपक्षीय ढाँचा अन्तर्गत वार्ता र सहयोग अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा समन्वय र सहयोगलाई अझ गहिरो बनाउन इच्छुक रहेको पनि उनले उल्लेख गरेका छन् ।

उनले चीन–भारत सीमानाको वर्तमान अवस्था सामान्यतया स्थिर रहेको पनि उल्लेख गरेका छन् । दुवै पक्षले दुई देशका नेताहरूले गरेका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, विद्यमान उपलब्धिहरूलाई सुदृढ गर्दै, कडाइका साथ पालना गरिरहनु पर्नेमा पनि जोड दिएका छन् ।

त्यसैगरी भारतीय विदेशमनत्री जयशंकरले भारत र चीनले थुप्रै क्षेत्रमा सहयोग सुदृढ गर्न आवश्यक रहेको र भारतले चीनसँगको सीमा क्षेत्रमा शान्ति र स्थायित्वको खोजी जारी राख्ने आशा राखेको पनि बताएका छन् ।

चीनले एससीओ शिखर सम्मेलनको सफल आयोजना गर्न भारतलाई समर्थन गरेको र वर्तमान अध्यक्षको हैसियतमा भारतले एकता र सहयोगको भावना देखाउने र शिखर सम्मेलनलाई सफल बनाउन सकारात्मक भूमिका खेल्ने चिनियाँ विदेशमन्त्रीको अपेक्षा छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ५ : ०१ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ