कागेश्वोरी मनोहरामा आँखा शिविर सम्पन्न | Khabarhub Khabarhub

कागेश्वोरी मनोहरामा आँखा शिविर सम्पन्न


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कागेश्वोरी मनोहरा नगरपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग, कागेश्वोरी मनोहरा नगरपालिका, नेसनल ओपन स्काउट क्रु, बाल गीताञ्जली स्कुल र नेपाल रेडक्रस सोसाइटी कागेश्वोरी मनोहरा उपशाखाको संयुक्त आयोजनामा मूलपानी स्थित बाल गीताञ्जली स्कुलमा शुक्रबार नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

उक्त शिविरमा कागेश्वोरी मनोहरा ,शंखरापुर  गोकर्णेश्वोर तथा काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका आँखा सम्बन्धी समस्या भएका ८५६ जनाले आँखा जाँच गरी आवश्यकता अनुसार नि:शुल्क चश्मा र औषधी समेत प्राप्त गरेका छन् ।

कार्यक्रम संयोजन गर्ने नेशनल ओपन स्काउट क्रुका संस्थापक संयोजन कर्ता विदुर गिरिले उक्त शिविरमा छानिएका २९ जना मोतियाविन्दुका बिरामीहरूलाई वैशाख २४ गते तिलगंगा आँखा प्रतिष्ठान मार्फत नि:शुल्क शल्यक्रिया गराउने जानकारी दिए ।

वडा अध्यक्ष भिमसेन थापाकाले स्काउट मार्फत गरिएका यस्ता समाज केन्द्रित सामुदायिक कार्यले समाजमा सामाजिक भावनाको विकास हुनुको साथै स्थानीय तह मै यस्ता विशिष्ट कार्यक्रमहरू सञ्चालन गर्दा बहुसङ्ख्यक लक्षित वर्गले सेवा प्राप्त गर्न सक्दा रहेछन् भन्ने सन्देश प्रवाह भएको बताए ।

यस्ता कार्यक्रमहरूको प्रबन्धन गर्न आफ्नो वडा नगरपालिका मार्फत तत्पर रहिरहने समेत उनले उद्घोष गरे ।

कोभिडको महामारी पछि लामो समय पश्चात सफल रूपमा नि:शुल्क आँखा शिविर सम्पन्न गर्न पाएकोमा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण संस्था तथा व्यक्तिहरू प्रति आभारी रहेको कुरा बाल गीताञ्जली स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरेले बताए ।

तस्बिर सौजन्य – बल बहादुर केसी

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : १९ बजे

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन

सभामुख घिमिरे सचेतकहरुसँग छलफलमा, संसद बैठक बस्न ढिलाई

काठमाडौं– सभामुख देवराज घिमिरेले कांग्रेससँग सहमतिको प्रयास गरिरहेकाले संसद् बैठक

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सबै विदेश भ्रमण स्थगित

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

काठमाडौं– सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा