सुडान युद्धको चपेटामा सहायताकर्मीहरू « Khabarhub

सुडान युद्धको चपेटामा सहायताकर्मीहरू


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सुडानको युद्धले गरिब देशलाई मानवीय उथलपुथलको चपेटामा पारिरहँदा सहायताकर्मीहरूले अति आवश्यक सहयोग प्रदान गर्ने प्रयासमा घातक जोखिमको सामना गरिरहेका छन् ।

राजधानी र वरपरका क्षेत्रमा लगभग निरन्तर बमबारी, व्यापक लुटपाट र कम्तीमा पनि तीन वटा ठूला जेल तोडेर कैदीलाई भगाइएको कारण मानवीय सहायताकर्मीहरूले क्षतिको मात्रा यकिन गर्न हिँडडुलसमेत गर्न नसकेको गुनासो गरेका छन् ।

नर्वेली शरणार्थी परिषद् (एनआरसी) का कार्ल स्केम्बरीले भने, “देशका विभिन्न भागमा भएको लुटपाटको पुष्टि गर्न हामी त्यहाँ जान सक्दैनौं ।”

इन्टरनेसनल मेडिकल कोरका अनुसार गत अप्रिल १५ मा प्रतिद्वन्द्वी जनरलप्रति वफादार सेनाबीच भएको भीषण सहरी सडक सङ्घर्षका क्रममा कम्तीमा १८ जना सहायताकर्मीको मृत्यु भइसकेको छ ।

सुडानी नेता अब्देल फताह अल–बुरहानले सरकारी सेनाको नेतृत्व गरिहेका छन् भने र उनका प्रतिद्वन्द्वी मोहम्मद हमदान डग्लोले शक्तिशाली अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका छन् ।

सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क परियोजनाका अनुसार यस लडाइँमा करिब ७०० जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । त्यसैगरी लाखौँ विस्थापित भएका छन् ।

दुई दशकलामो द्वन्द्वका कारण तहसनहस भएको पश्चिमी डार्फर क्षेत्रमा मारिएका आफ्ना एक स्वयंसेवक एल्शेख मोहम्मद ओमेरलाई एनआरसीले यसअघि नै गुमाइसकेको छ ।

पश्चिम डार्फर राज्यको राजधानी एल जेनिनामा मारिएका कम्तीमा १९१ जनामध्ये उनी पनि एक थिए, जहाँ सहायता समूहले ‘दर्जनौं बस्तीहरू जलेर नष्ट भएको’ बताएको छ ।

सन् २००३ मा सुरु भएको द्वन्द्वका कारण कम्तीमा तीन लाख मानिसको मृत्यु हुनुका साथै २५ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ ।

त्यस द्वन्द्वमा पूर्व तानाशाह ओमार अल–बशीरले जातीय अल्पसङ्ख्यक समूहहरूको विद्रोहलाई दबाउन शक्तिशाली सशस्त्र लडाकू समूह जान्जावीदको गठन गरेका थिए । यसैको आधारमा आरएसएफको विस्तार भएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ५९ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो