खत्याडवासीको मुहारमा खुसी | Khabarhub Khabarhub

खत्याडवासीको मुहारमा खुसी


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुको खत्याड गाउँपालिका कर्णाली करिडोरसँग जोडिएपछि खत्याडवासी उत्साहित भएका छन् । सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदी बेलिब्रिज९पुल० निर्माण भएर कर्णाली करिडोरमा गुड्ने गाडी अब खत्याड गाउँपालिकातिर चल्ने भएपछि खत्याडवासीको मुहारमा खुसी छाएको हो ।

कर्णाली नदीमा बेलिब्रिज पुल बनेपछि गाडी गाउँमै पुग्ने भएपछि खुसी छाएको सुकाढिक गाउँका ७४ वर्षीय धनलाल कार्कीले बताए । “अब सहरको मालसामान गाउँमै पुग्ने भयो”, उनले भने, “हामीलाई सुर्खेत, नेपालगञ्ज आउजाउ गर्न पनि सहज भयो ।”

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कालिकोटका सांसद महेन्द्रबहादुर शाहीले सो पुलको उद्घाटन गरे । उनले पुल सञ्चालनमा आएसँगै स्थानीय उत्पादनले बजार पाउने र स्थानीयको जीवनस्तरमा सुधार हुने आशा रहेको बताए ।

सुकाढिक झुगलमा निर्माण भएको बेलिब्रिजले पर्यटकलाई रारा भ्रमण गर्न सहज हुनेछ । हिमपात र वर्षातमा पनि उक्त सडक सञ्चालन हुने भएकाले बाह्रै मास पर्यटकलाई रारा घुम्न आउने सुविधा भएको छ । बेलिब्रिजले समग्र मुगुवासीको समृद्धिको ढोका खोलेको सांसद ऐनबहादुर शाहीको भनाइ छ ।

सुकाढिक झुगला बेलिब्रिजदेखि खत्याड बाउ पानीसम्मको करिब २९ किलोमिटर सडक सुधार गर्न र खोलामा पुल निर्माण गर्न गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री मङ्गलबहादुर शाहीले बताए ।

उनले भने, “गमगढी खत्याड सडक जोडिने कार्यलाई पहिलो प्राथमिकता राखिएको छ ।” ६० मिटर लम्बाइको उक्त बेलिब्रिज निर्माणका लागि खत्याड गाउँपालिकाले रु तीन करोड ५९ लाख ९८ हजार बजेट छुट्याएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ९ : ५२ बजे

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई

सांसद र दललाई सभामुखको प्रश्न: जनताको विश्वास जितेर फेरि सदनमा आउने भूमिका भइरहेको छ ?

काठमाडौं– नौ वर्षको अवधिमा संसदमा दलहरुले गरेका गतिविधि, दिएका चर्का

बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा एक पुरुषलाई फाँसी दिइयो

एजेनसी – इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा