सन् २०२२ मा अमेरिकामा मृत्युको चौथो प्रमुख कारण ‘कोभिड–१९’ « Khabarhub

सन् २०२२ मा अमेरिकामा मृत्युको चौथो प्रमुख कारण ‘कोभिड–१९’


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राज्य अमेरिकामा सन् २०२२ मा मृत्युको चौथो प्रमुख कारण कोभिड–१९ रहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले जनाएको छ ।

मुटुरोग, क्यान्सर र अनजानमा हुने चोटपटकका कारण हुने मृत्युपछि चौथो प्रमुख कारण कोभिड–१९ रहेको सिडिसीले बिहीबार प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा सन् २०२२ का लागि अस्थायी अमेरिकी मृत्युदरको तथ्याङ्कको सिंहावलोकन गरिएको छ, जसमा सन् २०२१ को मृत्युदरसँग तुलना गरिएको छ ।

सन् २०२२ मा अमेरिकामा ३० लाखभन्दा बढीको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये दुई लाख ४४ हजार ९८६ जनाको मृत्युमा कोभिड–१९ को मुख्य कारण देखिएको थियो, जुन प्रत्येक १३ मृत्युमध्ये एक जनाको मृत्यु हो ।

सन् २०२१ देखि २०२२ सम्ममा अमेरिकाको मृत्युदर ५।३ प्रतिशतले घटेको छ । अफ्रिकी अमेरिकी र अलास्कामूलका बासिन्दामा समग्र मृत्युदर र कोभिड–१९ सँग सम्बन्धित मृत्युदर सबैभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

“अस्थायी मृत्यु अनुमानले मृत्युदरको प्रवृत्तिमा परिवर्तनको प्रारम्भिक सङ्केत प्रदान गर्दछ र कोभिड–१९ महामारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित मृत्युसहित मृत्युदर घटाउने उद्देश्यले सार्वजनिक स्वास्थ्य नीति र हस्तक्षेपहरूलाई मार्गदर्शन गर्न सक्छ,” रिपोर्टमा भनिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : १५ बजे

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा