गर्मीमा ‘लू’ बाट कसरी बच्ने ? « Khabarhub

गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या हुन सक्छ । यस्तोमा गर्मी र लूबाट बच्न निकै सतर्कता अपनाउनु पर्दछ ।

नत्र यसले ज्यानसमेत लिन सक्ने चिकित्सकहरुको भनाइ छ । गर्मी मौसममा विषेशगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर पनि चिनिन्छ ।

अत्यधिक गर्मीका कारण शरीरबाट धेरै पसिना बग्दछ । जसकारण शरीरमा नुन र पानीको कमी हुन्छ । यसले शरीरको रगतमा तापमान वृद्धि गर्छ । शरीरमा पानीको मात्रा कमी हुनु नै लू लाग्नु हो ।

यस्तो छ ‘लू’ लाग्ने कारण

यो गर्मी मौसममा जब हामी अनावश्यक रुपमा वा लापरबाही गरी घरबाहिर निस्कन्छौँ, तब चर्को घाम र तातो हावाले शरीरको बाहिरी छालालाई तातो बनाइदिन्छ । र, पसिनाको माध्यमबाट शरीरभित्र भएको नुन र पानीको मात्र बाहीरीन्छ फलस्वरुप ‘लू’ लाग्न सक्छ ।

यस्ता छन् ‘लू’ का लक्षणहरू

शरीरमा पानी र नुनको मात्रा घट्दै जाँदा रगतको तापमान बढ्न गई टाउको भारी भएको महसुस हुने, नाडीको गति बढ्ने, रगतको गति पनि तीव्र हुने, श्वासप्रश्वासको गति असामान्य हुँदै जाने हुन्छ ।

त्यसैगरी, श्वासको गति अनियमित हुने, ज्वरो बढ्दै जाने, हातको हत्केला र खुट्टाको पैताला पोल्ने, आँखा पोल्ने र कहिले काँही बिरामी अचानक बेहोस हुनेजस्ता लक्षणहरू देखिन्छन् ।

‘लू’ बाट कसरी  बच्ने ?

– सकेसम्म पहिला शरीरको तापक्रम घटाउनुपर्छ ।

– बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ ।

– कहिल्यै पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ ।

– गर्मी मौसममा काँक्रो खानाले शरीरले शीतलता प्राप्त गर्दछ, यसले ‘लू’ को असर कम गर्छ ।

– प्याजको रस खाने ।

– चिसो पानीले नुहाउने ।

– धेरै पसिना आएमा जीवनजल पानी पिउने ।

– बाहिर निस्कँदा टाउको, कान र गर्दन ढाक्ने गरी कपडा ओढ्ने । वा सिधै सूर्यको किरण छालामा नछिर्ने र हावा छिर्ने खालका कपडा लगाउने ।

– खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने ।

– चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो- चिया, कफी, सोडाजस्ता पेय पदार्थ ।

– नरम, मुलायम सुतीको कपडा लगाउने ।

– चिसो फलफूल वा खानेकुरा सेवन गर्ने ।

– बिहान बेलुका रुखको छहारीमा गएर व्यायाम गर्ने ।

लू लग्दा के गर्ने ?

जो कोहीलाई पनि लू लागेको थाहा पाउन साथ तत्काल अस्पताल नै जानु पर्छ । तर कतिपय अवस्थामा अस्पताल पुग्न सकिएन भने घरमा पनि केही प्राथमिक उपचार गर्न सकिन्छ ।

– लूको पहिलो उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । त्यसैले ‘लू’ लागेको मान्छेलाई तुरुन्त शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ ।

– बिरामीलाई तुरुन्तै प्याजको रसमा थोरै मह मिसाएर पिउन दिनु पर्छ ।

– दही लगायत मौसमी फलफूलहरू अंगुर, खरबुजा, काक्रो र मौसमको रस लू ग्रस्त बिरामीलाई पिउन दिनुपर्छ ।

– बिरामीको शरीरमा चिस्याउन चिसो पानी वा बर्फले बारम्बार पट्टी गर्ने ।

– पानीमा ग्लुकोज मिसाएर पिउने वा कागतीको सर्बत पिउने ।

– कुनै कपडालाई पानीमा भिजाएर बिरामीको जिउ पुछ्ने ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ७ : २३ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक