‘प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै शत्रु’ « Khabarhub

‘प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै शत्रु’


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पाटन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै शत्रुका रुपमा देखिन थालेको बताएका छन् । 

डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) को ४३ औँ स्थापना दिवस तथा विश्व वातावरण दिवस, २०२३ को अवसरमा ‘प्लास्टिक प्रदूषणको समाधान’ विषयक क्षेत्रीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री बस्नेतले प्लास्टिकजन्य पदार्थको प्रदूषण न्यूनीकरणका लागि विकल्प खोज्नु जरुरी भएको उल्लेख गरे। सरकारले यसका लागि विगतदेखि नै आवश्यक नीति, रणनीतिका साथै कार्ययोजना पनि बनाउँदै आएको उनको भनाइ छ । 

मन्त्री बस्नेतले भने, ‘प्लास्टिकजजन्य सामाग्रीबाट हुने असरबाट बच्न जनचेतना जगाउने र सरकारी तवरबाट नीतिगत व्यवस्था गर्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ । यसका लागि हामी एकीकृत शक्ति निर्माण गरेर लागौँ । सरकारको विभागीय मन्त्रीका हैसियतमा नियम कानुन बनाउन प्रयत्न गर्ने छु ।’ कार्यशालाको उद्घाटन सत्रमा मन्त्री बस्नेतले कोरोना महामारीको समयमा खोप उपलब्ध गराएर सहयोग गर्ने  सबै देशलाई धन्यवादसमेत दिए। संविधानले सुनिश्चित गरेको नागरिकको स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा पाउने नैसर्गिक अधिकारलाई पूरा गराउन सबै मिलेर लाग्नुपर्नेमा उनले जोड दिए । 

बागमती प्रदेशका सदस्य डा दिनेशचन्द्र देवकोटाले नेपालको सन्दर्भमा प्लास्टिक प्रदूषणलाई कसरी रोक्न सकिन्छ भनेर सोच्नु आवश्यक भएको बताए । “हाम्रो नीतिगत व्यवस्थाको कमजोरीलाई सच्याउनु जरुरी छ । उत्पादकलाई पनि प्रदूषण हुने उत्पादनलाई निरुत्साहित गर्ने कार्यमा सहयोग गर्नका लागि उत्प्रेरित गर्नुपर्छ”, उनले भने ।

कार्यशालामा विश्व स्वास्थ्य सङ्गठनका नेपालस्थित प्रतिनिधि, भारत, बंगलादेश, श्रीलंकालगायतका इञ्जिनीयर एशोसिएसनका प्रतिनिधिलगायतले प्लास्टिक प्रदूषणको समाधानका विषयमा धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १ : ३१ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक