जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन | Khabarhub Khabarhub

जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । 

ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले विधान अधिवेशनलाई सफल बनाउन राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको हो ।

जसपाको राजनीतिक समिति सदस्य न्हुच्छेलाल महर्जनलाई समितिको उपसंयोजकको जिम्मेवारी तोकिएको छ । समिति समस्यामा महेश चौरसिया, सीताराम साह, योगेन्द्रराय यादव, पवन राय, विनोद विश्वकर्मा, सुरेश मण्डल, पासाङ शेर्पा, धनेश्वर साह, अर्जुन लम्साल, दुर्गामणि सुवेदी, ओमकृष्ण श्रेष्ठ, मनिकर कार्की, विश्वासदीप तिगेला, उपेन्द्र साहलाई चयन गरिएको छ ।

जसपा नेपालका प्रवक्ता मनिस सुमन र प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतलाई उपसमितिको आमन्त्रित समस्या राखिएको छ । जसपाले आगामी असार १०, ११ र १२ गतेका लागि काठमाडौँमा प्रथम विधान अधिवेशन आह्वान गरेको छ । 

यसअघिको केन्द्रीय समिति बैठकले उक्त विधान अधिवेशनमा पार्टी सम्बद्ध देशैभरीबाट सहभागी हुने सात सय ७८ जना प्रतिनिधिको चयन गरिसकेको छ । पार्टीले अभ्यासमा ल्याएका विभिन्न सांगठनिक संरचना बारे विधान अधिवेशनले टुंगो लगाउनेछ ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ४ : ५० बजे

मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणमा आठ जनाको मृत्यु

एजेनसी– मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध

जापानमा हिम पहिरोको चेतावनी

एजेन्सी – जापानको मौसम सम्बन्धी निकायले दुई सातादेखि हुस्सु लाग्ने,

नेपाली सेनाको योगदान सह्रानीय : प्रदेश प्रमुख मियाँ

धनगढी– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले नागरिकहरूको सुरक्षामा दिएको

पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न स्वास्थ्य मन्त्रीको अपिल 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर

उत्पीडित समुदायको अधिकार रक्षाका लागि संघर्षको नेतृत्व गर्छौं : प्रचण्ड 

बाह्रदशी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले संघर्षमार्फत