चिरायु अस्पताल र सांगीतिक संस्थाबीच रोयल्टीबारे सम्झौता « Khabarhub

चिरायु अस्पताल र सांगीतिक संस्थाबीच रोयल्टीबारे सम्झौता


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र चिरायु अस्पतालबीच रोयल्टी संकलनबारे सोमबार सम्झौता भएको छ ।

प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा अस्पतालका निर्देशक सञ्जीवराज भण्डारीबीच अस्पतालमा गीत संगीतको सार्वजनिक प्रयोग भएबापत रोयल्टी संकलनबारे सम्झौता भएको हो ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष मगरले अस्पतालले तीनवटै सीएमओका सदस्यहरुलाई उपचारमा हुने छुटेको समेत महत्वपूर्ण सम्झौता गरिएको बताए ।

‘प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित हाम्रो संस्थाले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत संगीत को सार्वजनिक प्रयोग भएवापत सिर्जित संगीत रोयल्टी संकलनको काम गरिरहेका छौं’, उनले भने, ‘अस्पतालमा सेवाग्राहीको सुविधाका लागि राखिएका टेलिभिजनमा विभिन्न श्रव्यदृश्य गीत संगीतको प्रसारण हुने भएकाले ती प्रसारित सामाग्रीवापतको रोयल्टीका विषयमा सम्झौता भएको हो ।’

उनले आगामी दिनहरुमा समाजले पहिचान गरेको गीत संगीतको सार्वजनिक प्रयोग हुने सम्पुर्ण क्षेत्रहरुमा सम्झौता गर्दै जाने उल्लेख गरे । अस्पतालका निर्देशक भण्डारीले नेपाली गीत संगीतको श्रीवृद्धिका लागि गरिने रोयल्टी संकलनमा अस्पतालले पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सम्झौता कार्यक्रममा अस्पतालका बिजनेश डेभलप्मेन्ट म्यानेजर हिमाल राना, आईटी अफिसर बसन्त खनाल, एडमिन अफिसर लक्ष्मी अधिकारी, बिजनेश डेभलप्मेन्ट अफिसर नवराज भुजेल, मार्केटिङ अफिसर किरण फुयाल र फ्रन्ट अफिसर इन्चार्ज सृष्टि डंगोलको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ५ : २८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह