'सफा हिमाल अभियान' : ३५ हजार ७०० किलो फोहर संकलन  | Khabarhub Khabarhub

‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर संकलन 


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर संकलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो । 

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित समापन समारोहमा ती हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गरे । उक्त सफाइ टोलीमा संलग्न पूर्वा शेर्पा र आङ्कामी शेर्पाको भने हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो । 

प्रधानसेनापति शर्माले सो अवसरमा उनीहरूका प्रतिनिधिलाई कदरपत्र प्रदान गर्दै दुवैका सन्ततिलाई १२ कक्षासम्म पढाइका लागि लाग्ने सम्पूर्ण खर्च सेनाले व्यहोर्ने घोषणा गरे । वातावरण दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेको आत्माको चिरशान्तिको कामना गर्दै लामा गुरुले शान्ति पाठ गरे।

कार्यक्रममा प्रधानसेनापति शर्माले विकट र प्रतिकूल अवस्थामा पनि फोहर संकलन र आरोहणको साहसिक कार्य पूरा गरेको भनी अभियानमा संलग्न सबैमा धन्यवाद ज्ञापन गरे। उनले भने, ‘अभियान प्रकृति र पर्यावरण जोगाउने कार्यसँग जोडिएको छ, प्रकृति संरक्षणको विषय तत्काल लाभ नदेखिए पनि भावी पुस्ताका लागि ठूलो सम्पत्ति हुनेछ, आफूले गरेको फोहर आफैँले व्यवस्थापन गर्ने कार्यलाई कडाइका साथ लागू गर्नुपर्छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मानिसको जीवन पद्धतिसँग जोडिएको तथा प्रकृतिको दिगोपन र पर्यावरण जोगाउनुपर्छ भन्ने उद्देश्य रहेको अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय प्रमुख सुन्दरकुमार पाण्डेले हिमालको स्वच्छता कायम गर्ने उद्देश्यले सञ्चालन भएको अभियानमा सरकारी तथा गैरसरकारी संस्थाबाट महत्त्वपूर्ण साथ सहयोग प्राप्त भएको बताएका छन् । हिमाल सफाइ कार्य जटिल र साहसिक भएको जनाउँदै उनले हिमाललाई वातावनुकूलित तुल्याउने पहिलो शर्त रहेको बताए । 

अभियान सञ्चालनका क्रममा स्थानीय शेर्पाले केही समय भए पनि रोजगारी प्राप्त गरेको तथा अरु आरोहीलाई पनि उत्प्रेरणा प्राप्त भएको सो अवसरमा जानकारी दिइयो । नेपाल वातावरण पत्रकार सङ्घका अध्यक्ष रोशनी अधिकारीले वातावरण संरक्षण र हिमालको सुन्दरता कायम राख्ने सिलसिलामा सञ्चालन भएको अभियान फोहर संकलन र पर्यावरण संरक्षणका लागि प्रचारप्रसारका हिसाबले महत्त्वपूर्ण सावित हुने धारणा व्यक्त गरे ।

सफा हिमाल अभियानका क्रममा बिरामी भएका छ मध्ये चार जनाको अहिले भारतको मुम्बईमा उपचार भइरहेको छ । अभियानबाट जैविक विविधता र पर्यावरण संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ । सेनाले सन् २०१९ बाट सुरु गरेको सफा हिमाल अभियानका क्रममा हालसम्म एक सय नौ टन फोहर संकलन भइसकेको छ ।

सफा र स्वच्छ वातावरणसहितको पृथ्वी भावी पुस्तालाई हस्तान्तरण गर्नु आजको चुनौती भएको त्यसमा संलग्न व्यक्तिले प्रतिक्रिया दिनुभएको छ । पर्यटन व्यवसायी लाक्पा सोनाम शेर्पाले जलवायु परिवर्तनबाट उत्पन्न संकटबाट प्रभावित हिमालको ओज र चमक कायम राख्न अभियान कोसेढुंगा सावित हुने धारणा व्यक्त गरे ।

उनले भने, ‘हिमाल आरोहणबाट राजस्वमा ठूलो योगदान पुर्‍याएको छ । हिमालको सुन्दरता कायम राख्न बनेका ऐन, नियम र अनुगमन कडाइका साथ हुनुपर्छ ।’ 

सो अवसरमा अभियानमा संलग्न विभिन्न क्षेत्रमा महानुभावलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरियो ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ५ : ३२ बजे

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई

सांसद र दललाई सभामुखको प्रश्न: जनताको विश्वास जितेर फेरि सदनमा आउने भूमिका भइरहेको छ ?

काठमाडौं– नौ वर्षको अवधिमा संसदमा दलहरुले गरेका गतिविधि, दिएका चर्का

बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा एक पुरुषलाई फाँसी दिइयो

एजेनसी – इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा