सफा हिमाल अभियान : ३५ हजार सात सय किलो फोहर संकलन « Khabarhub

सफा हिमाल अभियान : ३५ हजार सात सय किलो फोहर संकलन


२२ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत यस बर्ष ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको छ ।

सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा सेनाले ५५ दिनसम्म चलेको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको हो ।

सन् २०१९ बाट सुरु गरेको सफा हिमाल अभियानका क्रममा हालसम्म एक सय नौ टन फोहर संकलन भइसकेको समेत सेनाले जनाएको छ । कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति र पर्यावरण जोगाउने कार्यलाई बढावा दिनका लागि सफा हिमाल अभियानलाई निरन्तरता दिइएको बताए । उनले विकट र प्रतिकूल अवस्थामा पनि फोहर संकलन र आरोहणको साहसिक कार्य पूरा गरेको उल्लेख गरे ।

कार्यक्रममा हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गरिएको थियो । यस बर्षको सफाइ अभियानका क्रममा पूmर्वा शेर्पा र आङ्कामी शेर्पाको हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो । अभियानबाट जैविक विविधता र पर्यावरण संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ८ : ५१ बजे

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय