साफ च्याम्पियनसिपको उपाधि भारतलाई « Khabarhub

साफ च्याम्पियनसिपको उपाधि भारतलाई


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुवेतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि उचालेको छ।

भारतको बेंगलोरमा भएको फाइनल प्रतिस्पर्धाको निर्धारित ९० मिनेट र थप भएको अतिरिक्त समयको खेल १–१ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटमार्फत भएको हो । पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै भारतले उपाधि उचालेको हो ।

फाइनलमा कुवेतका शबैशअल खाल्दीले खेलको १४ औं मिनेटमै सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा भारतका लल्लियान्जुआला चाग्तेले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् ।

पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।

समूह चरणको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । योसँगै भारतले साफको उपाधि नवौं पटक उचालेको छ । भारतले उपाधिसँगै ५० हजार अमेरिकी डलर पाएको छ भने उपविजेता २५ हजार अमेरिकी डलर पाएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : १८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि