एसईईको नतिजा हेर्न सकिने माध्यम सार्वजनिक, यसरी हेर्न सकिनेछ « Khabarhub

एसईईको नतिजा हेर्न सकिने माध्यम सार्वजनिक, यसरी हेर्न सकिनेछ


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा निकाल्ने तयारी गरेको छ ।

त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । एसईई को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरिने भएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले शुक्रबारसम्ममा नतिजा प्रकाशित गर्ने तयारी रहेको जानकारी दिए । उनले पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय भएको समेत जानकारी दिए ।

परीक्षाफल प्रकाशितको तयारीसँगै बोर्डले आज एक सूचना जारी गरी नतिजा हेर्नका लागि विभिन्न माध्यम प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

बोर्डका अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ।

नजिता हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस र आइभीआर गर्न सकिने छ ।

यस्तै, राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेबसाइट डब्लुडब्लुडब्लु डट एसईई डट जिओभी डट एनपी, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट डब्लुडब्लुडब्लु डट एनइबी डट जीओभी डट एनपी लगायत वेबसाइटबाट हेर्न सकिने छ ।

गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट झण्डै ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

 

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ८ : ४४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना