एसईईको नतिजा हेर्न सकिने माध्यम सार्वजनिक, यसरी हेर्न सकिनेछ « Khabarhub

एसईईको नतिजा हेर्न सकिने माध्यम सार्वजनिक, यसरी हेर्न सकिनेछ


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा निकाल्ने तयारी गरेको छ ।

त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । एसईई को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरिने भएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले शुक्रबारसम्ममा नतिजा प्रकाशित गर्ने तयारी रहेको जानकारी दिए । उनले पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय भएको समेत जानकारी दिए ।

परीक्षाफल प्रकाशितको तयारीसँगै बोर्डले आज एक सूचना जारी गरी नतिजा हेर्नका लागि विभिन्न माध्यम प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

बोर्डका अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ।

नजिता हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस र आइभीआर गर्न सकिने छ ।

यस्तै, राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेबसाइट डब्लुडब्लुडब्लु डट एसईई डट जिओभी डट एनपी, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट डब्लुडब्लुडब्लु डट एनइबी डट जीओभी डट एनपी लगायत वेबसाइटबाट हेर्न सकिने छ ।

गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट झण्डै ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

 

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ८ : ४४ बजे

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना