सबै मिलेर प्राकृतिक चिकित्सा पद्धतिको विकास गर्नुपर्छ : मन्त्री बस्नेत « Khabarhub

सबै मिलेर प्राकृतिक चिकित्सा पद्धतिको विकास गर्नुपर्छ : मन्त्री बस्नेत


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिलाई सबै मिलेर विकास गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै यसमा सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने बताएका हुन् ।

उनले यस वर्ष स्वास्थ्य क्षेत्रमा केही बजेट कटौती भएको भन्दै भएका बजेटबाट पनि सबैले औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्नसके आर्थिक लाभ, पर्यटन प्रवर्द्धनलगायतका बहुआयामिक फाइदा रहेको बताए । उनले वर्षको एकदिन राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएर मात्रै नहुने भन्दै यस क्षेत्रको थप विकासका लागि वर्षदिन नै क्रियाशिल हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले प्राकृतिक चिकित्साको विकासका लागि पर्याप्त बजेटको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै