पाकिस्तानमा अगस्ट ९ मा संसद विघटन हुने « Khabarhub

पाकिस्तानमा अगस्ट ९ मा संसद विघटन हुने


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको संसद अगस्ट ९ मा विघटन हुने भएको छ । प्रधानमन्त्री शाहबाज सरिफले सो घोषणा गरेका हुन् ।

गत बिहीबार सांसदहरुको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरूलाई भेटेका थिए । सो क्रममा देशको राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । सांसदहरुको भेटपछि मात्र प्रधानमन्त्री शाहबाजको तर्फबाट संसद भंग गर्ने घोषणा गरिएको थियो ।

मिडिया रिपोर्टका अनुसार शाहबाजले सांसदहरूबाट सुझाव मागेका थिए र कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक सेटअपको व्यवस्थाको बारेमा कुरा गरेका थिए। 

अगस्ट ९ मा प्रधानमन्त्री शाहबाजले संसद भंग गर्न राष्ट्रपतिलाई औपचारिक सुझाव पठाउने छन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र प्रस्तावमा हस्ताक्षर गर्नुपर्नेछ । कुनै कारणवश त्यसो नगरे संसद स्वतः विघटन हुन्छ ।

प्रधानमन्त्री शाहबाज सरिफले विपक्षीसँग तीन दिनसम्म वार्ता गर्ने आश्वासन दिएका छन् । यो छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नाम राष्ट्रपतिसमक्ष हस्तान्तरण हुनेछ । 

यद्यपि कुनै सहमति हुन सकेन भने पाकिस्तानको निर्वाचन आयोगले प्रस्तावित नामहरू मध्ये एकलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा चयन गर्नेछ। पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको विपक्षीले लामो समयदेखि चुनावको माग गर्दै आएका छन् ।

गत वर्ष अप्रिलमा अविश्वास प्रस्तावमार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाइएको थियो । विपक्षी दलहरूले संसदमा इमरानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । 

इमरानले अर्थतन्त्र र विदेश नीतिलाई राम्ररी सम्हाल्न नसकेको उनको आरोप थियो । त्यसपछि विपक्षी दलको गठबन्धन मिलेर सरकार गठन भयो । यो सरकारमा शाहबाज सरिफलाई प्रधानमन्त्री बनाइएको थियो।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ३६ बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा