सङ्गीतका गुरु हुतराज शर्मा « Khabarhub

सङ्गीतका गुरु हुतराज शर्मा


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

तबला, हार्बिन र रेकर्डिङ बजाउन सक्ने हुतराज शर्मा शास्त्रीय सङ्गीतमा गीतहरू गाउन सक्ने गायक हुन्। २००७ सालमा रेडियो नेपाल स्थापना भएपछिको काठमाडौंमा २० देखि २५ सालसम्मको समयमा कुनै गायक गायिकाले रेडियोमा गीत गाउनु छ वा रेडियोमा गएर गीत रेकर्डिङ गर्नुछ भन्यो भने सङ्गीत सिक्ने भन्यो भने एउटा डिजाइन सङ्गीतकारका रूपमा हुतराज शर्मालाई लिने गरिन्थ्यो।

वि.सं. १९९० माघ २ गते काठमाडौंमा जन्मिएका हुतराज शर्माको जन्मको कथा नै रोचक छ। उनकी आमा गर्भ बोकेर पशुपतिनाथमा दर्शन गरेर फर्केर आउँदा त्रिचन्द्र कलेज छेउमा पुगेपछि ठुलो भुइँचालो गएको रहेछ। त्यो बेला दौडादौड गर्ने क्रममा उक्त कलेजको पुस्तकालयमा प्रवेश गरेर हुतराज शर्माको जन्मभयो। भन्नेहरूले भुइँचालोमा हुत्तिएर जन्मिएको हुनाले उनलाई हुतराज भनिएको पनि भन्छन्।

२००७ सालमा रेडियो नेपाल स्थापना भएपछिको काठमाडौंमा २० देखि २५ सालसम्मको समयमा कुनै गायक गायिकाले रेडियोमा गीत गाउनु छ वा रेडियोमा गएर गीत रेकर्डिङ गर्नुछ भन्यो भने एउटा डिजाइन सङ्गीतकारका रूपमा हुतराज शर्मालाई लिने गरिन्थ्यो।

हुतराज शर्मा काठमाडौंमा कलाकारहरुको सङ्गतमा हुर्किए। नारायण गोपाल उनको घरमा आउने गर्दथे। उनीहरुबीच खानपिनका कुरा पनि मिल्थ्यो। हुतराज एक कुशल वाद्यवादक मात्र नभई एक सङ्गीतकार पनि हुन्। उनका साङ्गीतिक सहकार्यमा नेपतारा ताम्राकार, रमेश ताम्राकार जस्ता कलाकार आए। गायक माणिक रत्नले पनि कुनै नयाँ गायक गायिकाले सङ्गीत सिक्न चाह्यो भने हुतराज शर्माको नाम सिफारिस गर्दथे।

हुतराज शर्माको सङ्गीतमा अस्कल क्याम्पसमा अध्ययन गर्दै गरेका गायक योगेश वैद्यले एउटा गीति नाटकमा गाएको गीत ‘भारी सभामा नारीको अपमान गरी’ निकै लोकप्रिय भयो। २०२५ सालमा रेडियो नेपालमा गीत रेकर्ड गराएका योगेश वैद्यको दोस्रो गीत ‘उपहार लिएर आएको छु’ रवीन्द्र शाहको शब्द हुतराज शर्माको सङ्गीतमा सुशीला कंसाकारसँगको युगल गीत थियो।

हुतराज शर्मा काठमाडौंमा कलाकारहरुको सङ्गतमा हुर्किए। नारायण गोपाल उनको घरमा आउने गर्दथे। उनीहरुबीच खानपिनका कुरा पनि मिल्थ्यो।

हुतराज शर्माले कमला श्रेष्ठ, कल्याणी रिमाल र बिजु रिमाल युवा पुस्ताका गायक हिकमत मालिले निर शाहको शब्दमा गाएको ‘बिन्ती छ आँसु नझार’ अत्यन्त लोकप्रिय भएको गीत मानिन्छ।

हुतराज शर्माको जीवन पूर्ण रूपमा संघर्षमय रह्यो जीवन पूर्ण रुपले संगीतमा नै बित्यो। बेला बेलामा उनी रेडियो नेपालमा शास्त्रीय सङ्गीत शाखाका प्रमुख कोइली देवीलाई आग्रह गर्थे शास्त्रीय सङ्गीतको गायन राख्न। कोइली देवीले उनलाई फागुन २७ गते शास्त्रीय सङ्गीतको कार्यक्रम रेडियो नेपालमा तय गरीदिनुभयो। त्यो बेला झङ्कार पत्रिकामा कार्यक्रम हुनु एक महिना अगाडि नै कार्यक्रमको सूची तयार हुन्थ्यो। त्यही फागुन २७ गते नै हुतराज शर्मा अस्पताल भर्ना भए र अस्पताल हुँदाहुँदै चैत्र महिनामा निधन भयो।

हुतराज शर्माले कमला श्रेष्ठ, कल्याणी रिमाल र बिजु रिमाल युवा पुस्ताका गायक हिकमत मालिले निर शाहको शब्दमा गाएको ‘बिन्ती छ आँसु नझार’ अत्यन्त लोकप्रिय भएको गीत मानिन्छ।

निधन हुनुअघि रेकर्ड गराएको अन्तिम गीत किरण खरेलको शब्द आफ्नो सङ्गीत र कमल परियारको सङ्गीत संयोजनमा पुण्यवती राणाले गाएको ‘मायाको निसानको’ हो। हुतराज शर्माको सङ्गीत गरेका गीतमा विषेशगरी पछिल्लो समयका गायिकामा रजनी श्रेष्ठ सुलन्दा माथेमा र कमला श्रेष्ठले गाएका गीतहरू लोकप्रिय छन्। तर हुतराज शर्माको घनिष्ठ सम्बन्ध नारायण गोपालसँग भए पनि नारायण गोपालले उनका कुनै गीत गाउन पाएनन्।

नारायण गोपालले नारायणहिटी दरबारको बाहिर नारायण थानको मन्दिरमा भजन गाउनेक्रममा कुनै कुनै बेलामा हुतराज शर्माका सङ्गीतका भजन गाएका छन् भन्ने कुरा श्रोता दर्शकले बताउँछन्। हुतराज शर्माको परिवारमा ६ जना छोरी र एक छोराको साथमा एउटा शालीन जिन्दगी थियो। यत्ति हुँदाहुँदै उनी विदेशीहरुलाई तबला सिकाउने क्रममा एक विदेशी महिलालाई तबला सिकाउन थाले। तिनै महिलासँग विवाह भयो। हल्ला पनि भयो र केही समय बाहिर पनि बसे। तर यो कुराको पुष्टि नहुँदै मृत्यु भयो।

उनको व्यक्तित्व सादा थियो। ठुलो स्विटर, लत्रेको पाइन्ट, खुट्टामा प्राय चप्पल र देब्रे हातमा चुरोट हुन्थ्यो। टोपी मिलेको हुँदैनथ्यो। कताकता कवि जस्तो लाग्यो। कतिपयले देवकोटा जस्तो ठान्थे। उनको फरक व्यक्तित्त्व थियो।

एक विदेशी महिलालाई तबला सिकाउन थाले। तिनै महिलासँग विवाह भयो। हल्ला पनि भयो र केही समय बाहिर पनि बसे। तर यो कुराको पुष्टि नहुँदै मृत्यु भयो।

मलाई पनि उहाँको गीतको रेकर्डिङ हेर्ने मौका मिलेको थियो। दिवङ्गत गायक हिकमत मालीको गायन, निर शाहको शब्द र हुतराज शर्माको सङ्गीतमा रहेको ‘बिन्ती छ आँसु नझार’ गीत प्रत्यक्ष रेकर्ड भएको हेर्ने मौका मिलेको थियो।

हुतराज शर्माको सङ्गीतको सबल पक्षमा उनका गीत गाउने गायक गायिकाले मेहनत धेरै गर्नु पर्दथ्यो। शब्दको प्रयोग साङ्गीतिक संरचनाको आधारमा गुन्जिनु पर्दथ्यो। हुतराज शर्मा बिर्सन सक्ने सङ्गीतकार होइनज्। तर अहिले उनको चर्चा हुँदैन। उनको निधन हुँदा रेडियो नेपालले शोकसभा आयोजना गरेको थियो। त्यसमा कमल परियार उहाँका शिष्य गायक सङ्गीतकार द्वारिकालाल जोशी, गीतकार दिनेश अधिकारी आदिले बोलेका थिए।

व्यक्तित्व सादा थियो। ठुलो स्विटर, लत्रेको पाइन्ट, खुट्टामा प्राय चप्पल र देब्रे हातमा चुरोट हुन्थ्यो। टोपी मिलेको हुँदैनथ्यो। कताकता कवि जस्तो लाग्यो। कतिपयले देवकोटा जस्तो ठान्थे।

सङ्गीतकार नातिकाजीले उनको आर्थिक स्थिति साह्रै कमजोर भएको र रेडियो नेपालले सहयोग गर्ने विश्वास पनि गरेका थिए। त्यो काम रेडियो नेपालले सायद पुरा गर्न सकेन। हुतराज शर्माका छोरीहरू अहिले पत्रकारितामा समर्पित छन्। शर्मिला शर्मा जो पहिला चलचित्र पत्रकारिता गर्थिन। अर्की छोरी विमान सेवा र छोरा प्रमोद शर्मा गायनमा समर्पित छन्। सबै अहिले विदेश तिर छन्। पत्नी सावित्री झा शर्माको केही वर्ष अघि निधन भयो।

सङ्गीतकार हुतराज शर्मा जो सदैव सम्झनामा छन्। उनीप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ९ : ४४ बजे

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

‘मूल्य पारदर्शिता सप्ताह’मा महासंघको ऐक्यवद्धता, अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको ‘मूल्य पारदर्शिता