कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत « Khabarhub

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए । आरोहण सकेर नेपाल फर्कने क्रममा उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले विमानस्थलमा स्वागत गरिन् ।

पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण सङ्घलगायत विभन्नि पर्यटनसँग सम्बन्धित सङ्घसंस्था एवं आरोहीहरुको विमानस्थलमा उपस्थित थियो । कीर्तिमानी आरोहीको स्वागत तथा सम्मानमा सरकारी प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुले विमानस्थलमा सांस्कृतिक बाजागाजासहित भव्य स्वागत गरिएको पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए ।

पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को हरिला र शेर्पाले साउन ११ गते बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानाएको छ ।

उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरी कीर्तिमान बनाएको कम्पनीको भनाइ छ ।

उनीहरुले तीन महिनामा १४ वटै हिमाल आरोहण गरेको कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिए । यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गरेका थिए ।

हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन् ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् । कीर्तिमानी आरोहीलाई केहीबेरपछि नेपाल पर्यटन बोर्डमा आयोजना गरिने कार्यक्रममा बधाई तथा सम्मान गरिने सङ्घले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ९ : ४५ बजे

कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते

भरतपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष