शुक्लाफाँटामा वन्यजन्तुको आहारा पहिचान गरिँदै « Khabarhub

शुक्लाफाँटामा वन्यजन्तुको आहारा पहिचान गरिँदै


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र रहेका वन्यजन्तुको आहारा पहिचान गर्न लागेको छ ।

निकुञ्जमा रहेको घाँसे मैदानमा वन्यजन्तुको आहारा पहिचानका लागि अध्ययन भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले घाँसे मैदानमा ‘प्लट’ छुट्याएर अध्ययन भइरहेको जानकारी दिए । 

‘निकुञ्जको घाँसे मैदानमा खेतका गराजस्तै साना प्लट बनाएका छौँ, कुनै प्लटमा घाँस छ, कुनै प्लटमा घाँस काटिएको छ, कतै काटिएको घाँसमा आगो लगाएको छ’, सहायक संरक्षण अधिकृत ऐरले भने, ‘निकुञ्जको विशाल घाँसे मैदानमा साना प्लट बनाएर विभिन्न प्रविधिबाट घाँसे मैदानको परीक्षण भइरहेको छ ।’

वन्यजन्तुको आहारा र वासस्थान व्यवस्थापनका लागि उपयुक्त विधि पहिचान गर्न परीक्षण भइरहेको उनको भनाइ छ । घाँसे मैदानमा पाँच-पाँच मिटरका ४२ प्लट बनाइएका छन् । ती प्लटमा घाँसे मैदान व्यवस्थापनका लागि विभिन्न सात विधि प्रयोग गरिएको छ । ‘वन्यजन्तुले कस्तो खालको घाँस बढी रुचाउँछन् र बढी समयसम्म चर्छन्, हेरिरहेका छौँ’, उनले भने, ‘कुन वन्यजन्तुको आहारा के भनेर अध्ययन गरिराखेका छौँ ।’ उनका अनुसार वन्यजन्तुमा पनि मृग प्रजातिका बाह्रसिङ्गा र चित्तलको रुचिका विषयमा अध्ययन गरिन लागेको छ । 

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा रहेको निकुञ्जको घाँसे मैदान बाह्रसिङ्गाको प्रमुख चरन क्षेत्र र वासस्थान हो । निकुञ्ज कार्यालयले ५४ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको घाँसे मैदान व्यवस्थापन गरिरहेको छ । घाँसे मैदान राम्ररी व्यवस्थित नहुँदा बाह्रसिङ्गाकै लागि समेत आहाराको अभाव हुने गरेको छ । 

घाँसको मुना बाह्रसिङ्गाको प्रमुख आहारा हो । घाँसे मैदानमा यही मुना चर्न ठूलो झुन्डमा बाह्रसिङ्गा देखिन्छन् । विभिन्न प्लटमा गरिएको अध्ययन र घाँसको पुनर्उत्पादनबारे हरेक १५-१५ दिनमा संकलित तथ्यांकको विश्लेषण भइरहेको निकुञ्जले जनाएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले विभिन्न कार्यक्रम गरिरहेको बताए । 

‘निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षण र मानव वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणका लागि काम गरिरहेका छौँ’, जोशीले भने, ‘पछिल्लो केही वर्षयता निकुञ्जमा चोरीसिकारी नियन्त्रण र वन्यजन्तुको आहारा बढेकाले यहाँ वन्यजन्तुको सङ्ख्या बढी रहेको छ ।’

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १ : ५४ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा