बँदेलले मकैबाली खाइदिँदा किसान चिन्तित « Khabarhub

बँदेलले मकैबाली खाइदिँदा किसान चिन्तित


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो । 

पछिल्लो एकसातादेखि राति बँदेल बारीमा पसेर मकैबालीमा क्षति पुर्‍याउन थालेको स्थानीय खिमादेवी उपाध्यायले बताए । ‘सुरुसुरुमा एक दुईवटा मकै खाने गरेको थियो’, उनले भने, ‘तर हिजो राति बारीका सबै मकै खत्तमै बनाए छ ।’ उपाध्यायले सात कठ्ठा बारीमा लगाएको मकै बँदेलले नष्ट गरिदिएको बताए। 

‘केही मकै भर्खरै हारी पस्दै गरेका थिए, कोही पोलेर खाने बेला भएका थिए’, उनले भने, ‘यो समयमा बर्सेनि बँदेल आएर हामीले लगाएको मकै खाने गरेको छ ।’ निकुञ्जबाट वन्यजन्तु आएर कृषकको अन्नबाली खाइदिँदा पनि यसको नियन्त्रणमा निकुञ्ज तथा मध्यवर्तीले खासै चासो नदेखाएको उपाध्यायको भनाइ छ । ‘हिजो राति सुत्ने बेलासम्म बारीमा सबै मकै राम्रै थिए’, उनले भने, ‘आज बिहान उठेर बारीमा जाँदा सबै मकै ढलेका, मकैका घोगा कोपरेको थिए, बारीभरि बँदेलको पाइला थियो ।’ 

गाउँमा लगाइएको धेरै कृषकको मकैबालीमा बँदेलले क्षति पुर्‍याएको स्थानीय टीका सापकोटाले बताए। ‘दिउँसो सुगासहितका चराचुरुङ्गी र रातिमा बँदेलबाट मकै जोगाउनुपर्ने चुनौती हामीलाई छ’, उनले भने, ‘दिउँसोमा चराचुरुङ्गी धपाउन सकिन्छ, तर राति आउने बँदेल समूहमा आउँछन्, लखेट्न सकिँदैन ।’ बँदेल लखेट्न गयो भने उल्टै मानिसलाई आक्रमण गर्न आउने सापकोटाले बताए। 

‘मकै छरेपछि लामोसमय खडेरी पर्‍यो, मोटरबाट पानी लगाएर जेनतेन मकै जोगाएका थियौँ’, उनले भने, ‘बारीमा बँदेर पसेर मकै सखाप पारेपछि गाईभैँसीलाई दाना खुवाउने मकै पनि किन्नुपर्ने अवस्था आउने भयो ।’ गाउँमा जङ्गली जनावरको आतंकका कारण कृषकले खेती गर्न छाड्दै गएकोसमेत सापकोटाको गुनासो थियो । यस ठाउँमा निकुञ्जबाट आउने गैँडा र बँदेलका कारण बर्सेनि धनजनको क्षति हुने गरेको उनको भनाइ छ । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरबाट अन्नबालीको क्षति पुगेको अवस्थामा निकुञ्जले राहत रकम उपलब्ध गराउने गरेको जानकारी दिए। ‘बँदेल, हात्ती, गैँडा, बाघसहित विभिन्न १६ प्रजातिका वन्यजन्तुबाट धनजनको क्षति भएमा अवस्था हेरेर राहत रकम प्रदान गर्नेगरी निर्देशिका बनेको छ’, उनले भने, ‘राहत रकम कृषकले माग दाबी गरेको एक महिनाभित्र उनीहरूको बैंक खातामा दिने गरी निर्देशिकाले व्यवस्था गरेको छ ।’ निर्देशिकामा उल्लेख भएअनुसार बँदेलबाट मानवीय क्षति (मृत्यु, घाइते) तथा निजी जमिनमा लगाएको बालीमा क्षति भएमा राहत पाइने व्यवस्था भएको तिवारीको भनाइ छ । 

वन्यजन्तुबाट मानवीय क्षति, पशुधन, घरगोठ क्षति, खाद्यान्न बाली र भण्डारण गरेको अन्न तथा किसानले खोरमा पालेका कुखुरा तथा पोखरीमा पालेका माछा नष्ट भएमा पनि राहत पाइने निर्देशिकामा उल्लेख भएको उनले बताए । 

मगरगोहले माछामा क्षति गरेमा राहत पाइनेछ भने अजिंगर, जंगली कुकुर, ब्वाँसो, ध्वाँसे चितुवा, हिउँ चितुवा र चितुवाबाट कुखुरा नष्ट भएमा पनि क्षतिपूर्ति पाइने उनको भनाइ छ । निकुञ्जले उपलब्ध गराउने राहत क्षतिको मूल्यांकनका आधारमा वर्षमा एकपटक मात्र बढीमा रु १० हजार प्रदान गरिने उनले जानकारी दिए । 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  २ : १७ बजे

कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते

भरतपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष