उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो « Khabarhub

उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । 

भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरूका आफन्तबाट पहिचान खुलेको हो । ‘घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको हो’, नयाँ दिल्लीबाट रासससित कुरा गर्दै उनले भने । 

घट्नास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स-साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका वरिष्ठ प्रहरी उपरीक्षक चर्तुवेदीले भने । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले जानकारी दिएका छन् । बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी जारी छ ।  

उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन् । सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  २ : ५९ बजे

मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेनको आजको कार्यतालिका

काठमाडौं–  भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि

गण्डकी– गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३

जेरुसेलममा सैन्य भर्तीको विरोधमा प्रदर्शन, सुरक्षाकर्मीसँग झडप

जेरुसेलम– इजरायलको जेरुसेलममा अनिवार्य सैन्य सेवामा सहभागी नभएका धार्मिक विद्यालयका

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

बागलुङ– धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८

गण्डकी परिक्रमा महोत्सव आजदेखि

दमौली– प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आजदेखि गण्डकी