'सुन तस्करी प्रकरणमा सरकारले जात्रा देखायो' | Khabarhub Khabarhub

‘सुन तस्करी प्रकरणमा सरकारले जात्रा देखायो’


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले एक सय किलो सुन तस्करी प्रकरणमा सरकारले जात्रामात्रै देखाएको आरोप लगाएका छन्। सरकारले अहिलेसम्मका विभिन्न काण्ड तथा प्रकरणमा जनताको विश्वास जित्ने गरी काम गर्न नसकेको उनको आरोप छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता घिमिरेले सुन तस्करी, ललिता निवास, भुटानी शरणार्थी प्रकरणका फाइल खोल्ने काम मात्रै गर्न नहुने बताए।  यस्ता प्रकरणमा सरकारले जात्रा देखाउने काममात्र नगरेर टुंगोमा पुग्ने गरी काम गर्नु पर्ने बताए। 

७ सय ५३ वटा सरकार, ७ सरकार र केन्द्रीय सरकार यति धेरै सरकार भएका देशमा भ्रष्टाचार बढ्नु र जनताले सरकार नै नभएको महसुस गर्नु चिन्ताको विषय भएको बताए।

‘स्वास्थ्य सेवा विभागले ३ सय ४५ करोडको सामान खरिद गरेको रहेछ गत वर्ष त्यसमा झन्डै २ सय करोड जति भ्रष्टाचार हुने किनभने ५ लाख पर्ने सामान १८ लाखको दरले किनिएको छ । यसमा ६० प्रतिशतभन्दा बढि भ्रष्टाचार भएको छ । औषधि माफियासँग मिलेर बिल तयार गरिने रहेछ,’ उनले भने।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ५ : ५५ बजे

यू-१९ एसिया कपः नेपाल अफगानिस्तानसँग खेल्दै, भारत र पाकिस्तानको खेल आजै

काठमाडौं – संयुक्त अरब इमिरियट्स (युएई) जारी एसिसी यू–१९ एसिया

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै

आज २०८० साल मंसिर २४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २४ गते आइतबार। ज्योतिष

आर्यन, पल र प्रदीप एउटै फिल्ममा

काठमाडौं – अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह

आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि