सुन प्रकरणमा संलग्नलाई सरकारले संरक्षण गरेको भन्दै काठमाडौंमा प्रदर्शन | Khabarhub Khabarhub

सुन प्रकरणमा संलग्नलाई सरकारले संरक्षण गरेको भन्दै काठमाडौंमा प्रदर्शन


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुन तस्करी प्रकरणमा संलग्नलाई सरकारले नै संरक्षण गरेको भन्दै एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । 

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट विभिन्न समयमा टनका टन सुन तस्करी हुँदा पनि राज्यले कुनै कदम नचालेको र तस्करीलाई राज्यले नै संरक्षण गरेको भन्दै युवासंघले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

सुन तस्करी प्रकरणका नाइकेलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदुरलाई मात्रै समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ । युवा संघले सुन प्रकरणको गहिराइसम्म पुग्नका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरेको छ ।

प्रदर्शनमा युवा संघका अध्यक्ष क्षितिज थेवेले दिलिप भुजेललाई समातेर मूल नाइकेलाई छुट दिने काम सह्य नहुने बताए । विभिन्न सामानमा राखेर सुन तस्करी भएको र सरकारमा रहेका व्यक्तिहरूको नै संलग्नता रहेकाले सबैलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । 

युवा संघले पशु चौपायामा लागेको लम्पि स्किन रोगको नियन्त्रणमा ध्यान दिन, सहकारी पीडितको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : २२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका