सुशासन र पारदर्शिताका लागि मर्यादित लेखा व्यवसाय आवश्यक : अर्थमन्त्री महत « Khabarhub

सुशासन र पारदर्शिताका लागि मर्यादित लेखा व्यवसाय आवश्यक : अर्थमन्त्री महत


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुशासन र पारदर्शिताका लागि मर्यादित लेखा व्यवसाय आवश्यक रहेको बताएका छन् ।

नेपाल अडिटर्स एसोसिएसन (अडान) को १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री डा महतले लेखा (एकाउन्टिङ) लेखापरीक्षण (अडिटिङ) आर्थिक सुशासनसँग जोडिएको विषय रहेको बताएका हुन् ।

“आर्थिक पारदर्शिताको सुनिश्चिताका लागि अकाउन्टिङ र अडिटिङको महत्वपूर्ण भूमिका रहन्छ । हरेक क्षेत्रमा हिसाबकिताब चुस्तदुरुस्त छ वा छैन भनेर हेर्ने जिम्मेवारी अडिटरको हुन्छ”, उनले भने।

कोभिड–१९ महामारीयता अर्थतन्त्रमा एकपछि अर्को समस्या देखिँदै गए पछि पछिल्लो समय सुधारका सङ्केत देखिएको भन्दै उनले सरकारले वित्त तथा मौद्रिक नीतिमार्फत अर्थतन्त्र सुधारका लागि अधिकतम प्रयास गरेको दाबी गरे ।

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीतिमार्फत केही महत्त्वपूर्ण प्रयास थालिएको पनि उनको भनाइ छ । “अर्थतन्त्रमा समस्या थियो र केही समस्या अझै पनि छन् । त्यसको सम्पूर्ण समाधान मौद्रिक नीति मात्रै होइन”, उनले भने , “मौद्रिक नीतिमा हामीले खुकुलोपन र सहजता खोजेका थियौँ । केही सम्बोधन भएको छ । तर निजी क्षेत्रले खोजेजस्तो अझै भएको छैन ।”

अर्थमन्त्री डा महतले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्ने बताइसकेकाले चाँडै त्यसबारे निर्णय हुनेमा विश्वास व्यक्त गरे ।

बैंक तथा वित्तीय क्षेत्रमा तरलता बढाउने, लगानी वृद्धि गर्नेलगायतका सुधारका लागि उचित वित्त नीति र मौद्रिक नीतिको अवलम्बन भएको पनि उनको दाबी छ । सरकारले लक्ष्यअनुसार पुँजीगत खर्च गर्न नसक्दा पनि अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा पुँजीगत खर्च लक्ष्यअनुसार नै हुनेमा आशावादी रहेको बताए ।

“पूँजीगत शीर्षकमा हामीले बजेट धेरै राख्न सकेनौँ । तर छुट्याइएको बजेटलाई पूर्णरुपले खर्च गर्न सक्यौँ भने यसले अर्थतन्त्रमा तरलता बढाउँछ”, अर्थमन्त्री महतले भने ।

कोभिड महामारीका कारण लामो समयसम्म पनि मुलुकको अर्थतन्त्रमा सुधार हुन नसकेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री महतले महामारीको नकारात्मक प्रभाव अहिलेसम्म देखिइरहेको बताए । अर्थतन्त्र सुधारोन्मुख रहेको र विगतमा सरकारबाट भएका केही गलत निर्णयका कारण अहिले धेरै दायित्व थपिएको पनि उनको भनाइ छ ।

“धेरै कुरा हामी घोषणा गर्छौँ तर त्यो घोषणाको अन्तरनिहीताको गम्भीरतामा हामी सोच विचार गर्दैनौँ । त्यस्ता घोषणाले आइपर्ने दायित्व हेर्दैनौँ । जसले गर्दा धेरै समस्या आएको छ”, अर्थमन्त्री डा महतले भने, “विचार नपुर्याई गरेका निर्णयले समस्या बढेका छन् । यसलाई सफा गर्न समय लाग्छ । हामीले सफाइको सुरुआत गरिसकेका छौँ ।”

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ९ : ३३ बजे

‘हे भगवान् ! अब उप्रान्त मेरो देशमा कहिल्यै यस्तो नहोस्’

काठमाडौं- नेकपा एमालेसँग सम्बन्ध रहेकै आधारमा गत भदौ २४ गते

चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

बैंकिङ अपराधमा सीआईबीको सक्रियता, किन कमजोर बन्यो राष्ट्र बैंक ?

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रभुख बैंकमा छिरेपछि

सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको