तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ३९ दशमलव ४२ प्रतिशत « Khabarhub

तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ३९ दशमलव ४२ प्रतिशत


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणको समग्र प्रगति ३९ दशमलव ४२ प्रतिशत पुगेको छ ।

आयोजनाको प्याकेज–२ अन्तर्गत १, २ र ३ को पावरहाउस पुग्ने टनेल निर्माण सम्पन्न भइसकेको आयोजनाको भनाइ छ । आयोजनाको प्याकेज–२ अन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने काम भइरहेको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए । कुल ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा ९४ वटा टावर राखिने छ । हालसम्म करिब एक किलोमिटर प्रसारण लाइन जडान गरिएको उनको भनाइ छ ।

प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य लिइए पनि वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ भएका कारण सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।

आयोजनाको प्याकेज–२ अन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । कम्पनीसँग विसं २०७५ असोज १५ गते रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता गरेको थियो ।

आयोजनाका अनसार पावर हाउसतर्फ करिब एक हजार ५६ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न भएको छ । कुल एक हजार चार सय ५६ मिटर मुख्य सुरुङमध्ये अब करिब चार सय मिटर सुरुङ खन्न छ ।

आयोजनाको प्याकेज–१ अन्र्तगत डयाम बनाउनका लागि भीर कटान भइरहेको छ । उक्त प्याकेजको ठेक्का सोङ दा(कालिका जेभीले विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ९ : ४९ बजे

जेन-जी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा जागिर

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ

म्यादी प्रहरीले कति पाउनेछन् सुविधा ?

काठमाडौं – नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक

व्यक्तित्व सिध्याउन ‘एजेन्ट’ उपाधिको आतंक

भदौ २३–२४ मा जेन–जीले गरेको आन्दोलन केवल एउटा क्षणिक असन्तोषको

२०२६: दीपिका पादुकोण र आलिया भट्टको स्टारडमको निर्णायक परीक्षा

काठमाडौं – बलिउडका दुई शीर्ष अभिनेत्री दीपिका पादुकोण र आलिया

नेकपा इलाम इन्चार्ज शर्माद्वारा पार्टी परित्याग, प्रलोपा प्रवेश गर्ने तयारी

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला