निःशुल्क टिकट मागेपछि शाहरुखले भने-निःशुल्क प्रेम दिन्छु, टिकटको त पैसा लाग्छ  « Khabarhub

निःशुल्क टिकट मागेपछि शाहरुखले भने-निःशुल्क प्रेम दिन्छु, टिकटको त पैसा लाग्छ 


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘जवान’ रिलिज हुनु अघि शाहरुख खानले आइतबार एक्समा (ट्विटर) Asksrk सेसन राखेर प्रशंसकसँग कुराकानी गरेका छन् । 

यति बेला उनका एक प्रशंसकले शाहरुखसँग जवान फिल्मका लागि निःशुल्क टिकट मागे । ती प्रशंसकले लेखे, ‘मेरी प्रेमिकाका लागि के तपाईं निःशुल्क जवानको टिकट दिन सक्नुहुन्छ ? म निकम्मा प्रेमी हुँ ।’

यसको जवाफमा शाहरुख खानले निःशुल्क टिकट दिन नसक्ने बताए । शाहरुख खानले यसमा लेखेका छन्, ‘निःशुल्क प्रेम दिन्छु । टिकटको त पैसा लाग्छ । रोमान्समा सस्तो हुनु हुँदैन । टिकट किन्नुहोस् र उनलाई आफूसँगै लिएर जानुहोस् ।’

यस्तै, अर्का प्रशंसकले लेखेका छन्, ‘पुरा विश्वको नजर तपाईँमाथि छ । तपाईं किङ हुनुहुन्छ र जवान सबैलाई मन पर्नेछ । तपाईंलाई कस्तो महसुस भइरहेको छ ?’

यी प्रशंसकलाई जवाफ दिँदै उनले लेखेका छन्, ‘म आफूलाई असाध्यै भाग्यमानी सम्झन्छु । तपाईंहरू सबैको यति माया पाइरहेको छु । म र मेरो परिवार सबैप्रति आभारी छौँ ।’

स्मरण रहोस्, एटलीको निर्देशनमा बनेको जवान ७ सेप्टेम्बरमा सिनेमाघरमा रिलिज भइरहेको छ । जवानको एडभान्स बुकिङले पठानको रेकर्ड तोडेको छ । 

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ५३ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त