‘सरकारी खर्च जोगाउन तारे होटल होइन, चिया बिस्कुट खाएर सरकारी कार्यालयमा कार्यक्रम राखौँ’ « Khabarhub

‘सरकारी खर्च जोगाउन तारे होटल होइन, चिया बिस्कुट खाएर सरकारी कार्यालयमा कार्यक्रम राखौँ’


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसद सचिवालयले तारे होटलमा आयोजना गरेको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सांसदहरुले प्रश्न उठाएका छन् ।

सरकारी खर्चमा मितव्ययिता कायम गर्नेबारे चर्चा भइरहेको सन्दर्भमा संसद सचिवालयले तारे होटलमा कार्यक्रम आयोजना गर्ने गरेको भन्दै नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले प्रश्न उठाएका हुन् ।

संसदले कार्यक्रम गर्दा किन स्टार होटलमै राख्ने ? भनी प्रश्न गरेका उनले सरकारी खर्च जोगाउन तारे होटल नगई चिया बिस्कुट खाएर सरकारी कार्यालयमा कार्यक्रम गराउने व्यवस्था मिलाउन आग्रह गरे ।

बैठकमा उनले तारे होटलमा नभएर अन्यत्रै भएपनि छलफल गर्न सकिने भन्दै सरकारी खर्च कम गराउन समिति अग्रसर हुनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १ : ४५ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ