अवकाशपछि विकट बस्तीमा बिरामीको सेवा गर्दै डा केसी « Khabarhub

अवकाशपछि विकट बस्तीमा बिरामीको सेवा गर्दै डा केसी


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन् ।

कुनै समय भौगोलिक रुपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर डा केसीले विगत तीन दिनयता निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छन् । महाकाली नदी पारिको नगरपालिकामा अझै स्वास्थ्य सेवा सुलभ हुन नकसकेका बेला डा केसी स्थानीयस्तरमै सेवा दिन आएको खबरले सेवा लिनेहरुको भीड लागेको छ ।

दोधारा चाँदनी अस्पतालबाट सेवा दिन थालेका डा केसीले पहिलो दिन एक सय ८४ जनाको स्वास्थ्य जाँच गरेको अस्पतालका अध्यक्ष एवं नगर प्रवक्ता ओम बस्नेतले जानकारी दिए । हाडजोर्नीका बिरामीलाई जाँच गरिरहेका डा केसीलाई अस्पतालका अन्य चिकित्सकहरुले पनि साथ दिएको अध्यक्ष बस्नेतको भनाइ छ ।

बस्नेतले भने, “डा केसी आएको खबरले स्वास्थ्य जाँचका लागि आउनेहरुको सङ्ख्या निकै बढेको छ ।” आउनुअघि अस्पतालसित समन्वय भएको जनाउँदै बस्नेतले अस्पतालको आग्रहले उहाँ सेवा दिन दोधारा चाँँदनी पुगेको बताए ।

“डा केसी बिहान ८ देखि बेलुकी ६ बजेसम्म बिरामीको सेवामा खटिनुभयो”, उनले भने, “यहाँको स्वास्थ्य सेवाका सवालमा राज्यले ध्यान दिनुपर्ने विषयमा समेत चासो राख्नुभयो ।” औषधीसमेत बोकेर दोधारा चाँदनी पुगेका डा केसीलाई अस्पतालले समेत आवश्यक सहयोग र समन्वय गरिहेको छ ।

“हामीसित भएको निःशुल्क औषधी पनि जाँचपछि दिइरहेका छौँ”, बस्नेतले भने, “पछिल्लो समय यो अस्पतालको स्तरोन्नति भएपछि सामान्य शल्यक्रियासमेत यहाँ हुन थालेका छन् ।”

दोधारा चाँदनी झोलुङ्गे पुल बनेपछि मूलधारसित जोडिएको सो क्षेत्रमा चार लेनको पक्की पुल बन्नाका साथै सुक्खा बन्दरगाहको प्रस्ताव अघि बढेर भौतिक क्षेत्रको विकास भए पनि स्वास्थ्य सेवाका लागि दोधारा चाँदनीवासीले अझै भारतीय बजार धाउनुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  २ : ४१ बजे

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता