भक्तपुरको ऐतिहासिक भैरव नाच सम्पन्न « Khabarhub

भक्तपुरको ऐतिहासिक भैरव नाच सम्पन्न


१९ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गाईजात्राको भोलिपल्टदेखि सुरु भएको भक्तपुरको मध्यपुर थिमिको भैरव नाच अर्थात भैलः प्याखको प्रदर्शन मंगलबार सम्पन्न भएको छ ।

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रात प्रदर्शन हुने मल्लकालीन यो नाच थिमिको ऐतिहासिक नाच मानिन्छ । मौलिक एवं पौराणिक महत्व बोकेको प्राचीन भैरव नाच भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार दिन मध्यपुर थिमि नगरको टोल टोलमा प्रदर्शन गरिन्छ ।

भैल प्याँख प्रदर्शनका लागि अनिवार्य रूपमा विभिन्न शास्त्रीय तथा तान्त्रिक विधि पूरागर्नुपर्ने स्थानीय संस्कृतिविद्हरुको भनाइ छ । मध्यपुर थिमि क्षेत्रमा तीन ठाउँबाट भैरव नाच निकाल्ने परम्परा छ । दाग, भुस्या, पोंगा र मुहालीलगायत मौलिक नेवारी बाजाको तालमा भैलः प्याखका देवगणहरू नाच्दै नाच्दै नगर परिक्रमा गर्छन ।

थिमिमा राक्षस, भूतप्रेतले दुःख दिएका कारण भैरवको साधना गरेर भैरव नाच निकाल्ने किम्वदन्ती रहेको छ । भैरव नाच ५ जनाले नाच्ने गरेको र नाचमा २ भैरवसहित कुमारी, महालक्ष्मी र हरिसिद्धिको नाँच देखाइने गरेको भैरव नाचका नृत्य गुरु विष्णुबहादुर प्रजापतिले जानकारी दिए ।

उनले ऐतिहासिक नाचलाई जोगाइराख्न युवा पिढीले चासोँ राख्नुपर्नेमा जोड दिए । थिमिको लायकूबाट निकाल्ने लायकू भैल भनिन्छ भने थिमिकै तुलननी र नासननीबाट निकाल्ने नाचलाई थिमी भैल भनिन्छ ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  २ : ५३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा