चिनियाँ नक्साले छिमेकी असन्तुष्ट « Khabarhub

चिनियाँ नक्साले छिमेकी असन्तुष्ट


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

हङकङ- चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकीहरू असन्तुष्ट भएका छन् । चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट भएका हुन् ।

नयाँ नक्साबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का पाँच सदस्य राष्ट्र मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले असन्तुष्टि जनाएका छन् । यी पाँच दक्षिणपूर्वी एसियाली देश दक्षिण चीन सागरमा चीनको अत्यधिक क्षेत्रीय दाबीलाई लिएर विवादमा छन् ।

नक्सासम्बन्धी समस्या हुन नदिन नयाँ नक्सा जारी गरिएको बेइजिङले स्पष्ट पारेको छ तर पाँचवटै देशले सार्वजनिक वक्तव्य जारी गरेर चीनको आलोचना गरेका छन् । इण्डोनेशियाको राजधानी जकार्तामा जारी आसियान शिखर बैठकमा पनि चीनको आलोचना भएको छ ।

गत साता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले ‘आधिपत्यवाद चीनको डीएनएमा छैन’ भने पनि नयाँ नक्साबाट उक्त भनाइको खण्डन भएको आसियान नेताहरूले बताएका छन् ।

“फिलिपिन्सले चीनको मानक नक्साको २०२३ संस्करणलाई अस्वीकार गर्दछ… फिलिपिन्सका विशेषताहरू र सामुद्रिक क्षेत्रहरूमा चीनको कथित सार्वभौमसत्ता र क्षेत्राधिकारलाई वैधानिक बनाउने यो पछिल्लो प्रयासको अन्तरराष्ट्रिय कानून, विशेष गरी सन् १९८२ को संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गत कुनै आधार छैन,” मनिलाले एक वक्तव्यमा भनेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ५ : १३ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ