भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री « Khabarhub

भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूतपूर्व गोर्खा सैनिकको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीको रक्षाको निम्ति आफू जीवनपर्यन्त लडिरहने बताएका छन् ।

आज दिउँसो गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) द्वारा ‘गोरखा समस्या समाधानका लागि आयोजित अन्तरक्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले ब्रिटिस सेनामा भर्ती भएकामध्ये गोर्खालीको तलब, सेवा सुविधा, पेन्सनलगायतका विषयमा जे–जस्तो विभेद विद्यमान छ, त्यो गेसोकोमात्र नभएर सिङ्गो नेपाल र नेपाल सरकारको सरोकार र दायित्व भएको भन्दै त्यसको पक्षमा आफूले पहल लिने बताएका हुन् ।

प्रधानमन्त्रीले भने, “भूतपूर्व गोर्खा सैनिकको समस्या राष्ट्रियस्तरबाट मात्र समाधान गर्ने मुद्दा नभएर दुईदेशीय एवं बहुपक्षीय रूपमा उठाउनुपर्ने र सम्बोधन गर्नुपर्ने मुद्दा हो, विश्वभर रहेका नेपालीको हकहितका निम्ति राज्यले यस्ता मुद्दा अन्तर्राष्ट्रिय फोरममा उठाउनुपर्छ र त्यसमार्फत सम्बोधन गर्नुपर्छ भन्नेमा म प्रष्ट छु ।”

जलवायु परिवर्तनका कारण नेपालले सामना गर्न परिरहेको बहुआयामिक असरको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक माध्यमबाटै समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।

“चाहे खाडीलगायत विभिन्न मुलुकमा रहेका नेपाली कामदारको सवाल होस्, चाहे भूतपूर्व गोर्खालगायत विश्वभर विभिन्न मुलुकमा कार्यरत नेपालीको कुरा होस्, चाहे जलवायु परिवर्तनका कारण नेपालले सामना गर्न परिरहेको बहुआयामिक असरको विषय होस्, यसबारे हामीले अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक माध्यमबाटै समाधान खोज्नुपर्दछ”, उनले भने ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ६ : ४१ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक