एमाले महासचिव पोखरेल र सीपीसीका नेता युआनबीच भेटवार्ता | Khabarhub Khabarhub

एमाले महासचिव पोखरेल र सीपीसीका नेता युआनबीच भेटवार्ता


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीन भ्रमणमा रहेका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युआन च्याचुनसँग भेटवार्ता गरेका छन् । छोङछिङमा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो ।

पोखरेल र युआनबीच दुवै देशको सम्बन्धलाई अघि बढाउने विषयमा छलफल भएको बताइएको छ । पोखरेलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले नेपालको राष्ट्रिय स्वाधिनता र गौरवमा वृद्धि गरेको जनाएका थिए । साथै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयनको विषय उठाएका थिए । उक्त विषयमा युआनले सकारात्मक जवाफ दिएको भ्रमण टोलीका एक सदस्यले बताए ।

भेटमा पोलिटब्युरो सदस्य युआनले गत साउनमा गरेको नेपाल भ्रमणको स्मरण गरे । उनले नेपालीमा तीव्र आर्थिक विकासको चाहाना पाएको समेत बताए ।

एमाले महासचिव पोखरेलको नेतृत्वको २२ सदस्यीय टोली १३ दिने चीन भ्रमण छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ५५ बजे

आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख

आज २०८२ साल वैशाख २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच