‘गदर– २’ ले रच्यो नयाँ इतिहास | Khabarhub Khabarhub

‘गदर– २’ ले रच्यो नयाँ इतिहास


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सन्नी देओल स्टारर फिल्म ‘गदर– २’ ले भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको छ । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारु कलेक्सन गरेको छ ।

फिल्मको कुल कलेक्सन ५०१ करोड भारु छ । अब फिल्मको नजर ‘बाहुबली–२’को हिन्दी संस्करणको कलेक्सको रेकर्ड तोड्नेतर्फ लक्षित छ । ‘बाहुबली २’को हिन्दी भर्सनले भारतीय बक्स अफिसमा ५१०।९९ करोड भारु कमाएको थियो ।

२४ दिनमा ५०० करोड क्लबमा सामेल भएसँगै ‘गदर २’ सबैभन्दा छिटो ५०० करोड भारु कमाउने फिल्म पनि बनेको छ । यसबाहेक यो ५०० करोड क्लबमा सामेल हुने तेस्रो हिन्दी फिल्म पनि बनेको छ । यसअघि बाहुबली–२ र पठान मात्र यो क्लबमा आबद्ध हुन पाएका थिए ।

‘गदर २’ले ५०० करोड कमाउन २४ दिन लगाउँदा ‘पठान’लाई २८ दिन लाग्यो भने ‘बाहुबली २’को हिन्दी भर्सनलाई ३४ दिन लाग्यो । ‘गदर–२’ले स्वदेशमा मात्रै होइन विदेशमा पनि राम्रो कमाइ गरेको छ ।

फिल्मले विश्वभर ६५० करोड भारुभन्दा बढी कमाइ गरेको छ । अष्ट्रेलिया, जर्मनी, अमेरिका र बेलायतजस्ता देशमा यसले राम्रो आम्दानी गरिरहेको छ ।

महत्वपूर्ण कुरा के हो भने अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी–२’सँगै ‘गदर(२’ रिलिज भएको थियो । ‘ओएमजी– २’ ले पनि बक्स अफिसमा राम्रो कमाई गरे पनि ‘गदर–२’ ले खासै प्रभाव पार्न सकेन । त्यसको दुई सातापछि आयुष्मान खुराना स्टारर फिल्म ‘ड्रिमगर्ल–२’ रिलिज भएको थियो र यो नयाँ फिल्म रिलिज भए पनि ‘गदर(२’ ले राम्रो कमाई गरिरहेको छ ।

अर्कोतर्फ ‘ड्रिम गर्ल–२’ ले पनि आइतबार ८.१० करोड भारु कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन ८६.१६ करोड भारु पुगेको छ । आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर फिल्म अब १०० करोड क्लबमा सामेल हुन लागेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ९ : ३१ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको