‘गदर– २’ ले रच्यो नयाँ इतिहास « Khabarhub

‘गदर– २’ ले रच्यो नयाँ इतिहास


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सन्नी देओल स्टारर फिल्म ‘गदर– २’ ले भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको छ । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारु कलेक्सन गरेको छ ।

फिल्मको कुल कलेक्सन ५०१ करोड भारु छ । अब फिल्मको नजर ‘बाहुबली–२’को हिन्दी संस्करणको कलेक्सको रेकर्ड तोड्नेतर्फ लक्षित छ । ‘बाहुबली २’को हिन्दी भर्सनले भारतीय बक्स अफिसमा ५१०।९९ करोड भारु कमाएको थियो ।

२४ दिनमा ५०० करोड क्लबमा सामेल भएसँगै ‘गदर २’ सबैभन्दा छिटो ५०० करोड भारु कमाउने फिल्म पनि बनेको छ । यसबाहेक यो ५०० करोड क्लबमा सामेल हुने तेस्रो हिन्दी फिल्म पनि बनेको छ । यसअघि बाहुबली–२ र पठान मात्र यो क्लबमा आबद्ध हुन पाएका थिए ।

‘गदर २’ले ५०० करोड कमाउन २४ दिन लगाउँदा ‘पठान’लाई २८ दिन लाग्यो भने ‘बाहुबली २’को हिन्दी भर्सनलाई ३४ दिन लाग्यो । ‘गदर–२’ले स्वदेशमा मात्रै होइन विदेशमा पनि राम्रो कमाइ गरेको छ ।

फिल्मले विश्वभर ६५० करोड भारुभन्दा बढी कमाइ गरेको छ । अष्ट्रेलिया, जर्मनी, अमेरिका र बेलायतजस्ता देशमा यसले राम्रो आम्दानी गरिरहेको छ ।

महत्वपूर्ण कुरा के हो भने अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी–२’सँगै ‘गदर(२’ रिलिज भएको थियो । ‘ओएमजी– २’ ले पनि बक्स अफिसमा राम्रो कमाई गरे पनि ‘गदर–२’ ले खासै प्रभाव पार्न सकेन । त्यसको दुई सातापछि आयुष्मान खुराना स्टारर फिल्म ‘ड्रिमगर्ल–२’ रिलिज भएको थियो र यो नयाँ फिल्म रिलिज भए पनि ‘गदर(२’ ले राम्रो कमाई गरिरहेको छ ।

अर्कोतर्फ ‘ड्रिम गर्ल–२’ ले पनि आइतबार ८.१० करोड भारु कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन ८६.१६ करोड भारु पुगेको छ । आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर फिल्म अब १०० करोड क्लबमा सामेल हुन लागेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ९ : ३१ बजे

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)

ओलीको आरोप- सरकारले सांसदलाई उत्तरदायी बनाउन सकेन, कठपुतली बनाउन खोज्यो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र

लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा लोकतन्त्रमाथि कुनै