पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ « Khabarhub

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल) मा परी भारतको संवेदनशील नौसैनिक गोप्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका एक जवान पक्राउ परेका छन् ।

आन्ध्र प्रदेश प्रहरीको काउन्टर इन्टेलिजेन्स (सीआई) सेलले ३१ वर्षीय नौसैनिक जवान प्रदीप मुखर्जीलाई तमिलनाडुको कोइम्बतुरस्थित नौसेनाको नेतृत्व तालिम केन्द्र ‘आईएनएस अग्राणी’ बाट पक्राउ गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार उनी अक्टोबर ३ मा पक्राउ परेका हुन् ।

मूल घर पश्चिम बङ्गाल भएका मुखर्जी करिब एक सातादेखि कोइम्बतुरस्थित तालिम केन्द्रमा प्रबन्ध विकास पाठ्यक्रममा सहभागी भइरहेका थिए । उनी सन् २०१४ मा भारतीय नौसेनामा भर्ना भएका थिए र विशाखापट्टनमस्थित पूर्वी नौसेना कमान्डमा कार्यरत थिए ।

अनुसन्धान अधिकारीहरूका अनुसार केही महिनाअघि एक महिला पाकिस्तानी गुप्तचर एजेन्टले उनलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरेकी थिइन् । उक्त अनलाइन सम्बन्धको दुरुपयोग गरी मुखर्जीबाट विशाखापट्टनम सैन्य बेसको सञ्चालन ढाँचा, युद्धपोत तथा सैन्य सम्पत्तिको आवागमन र अन्य सामरिक महत्त्वका गोप्य सूचनाहरू हासिल गरिएको आरोप छ ।

सीमापार जासुसी र आतङ्कवादसम्बन्धी मामिला अनुसन्धान गर्ने आन्ध्र प्रदेश प्रहरीको सीआई सेलले मुखर्जीको शंकास्पद डिजिटल गतिविधि भेट्टाएपछि अनुसन्धान थालेको थियो। केही समय कडा निगरानीमा राखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । (एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ६ : ०४ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा