भूकम्पले भत्किएका ७६० सम्पदा पुननिर्माण « Khabarhub

भूकम्पले भत्किएका ७६० सम्पदा पुननिर्माण


१८ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुननिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ ।

भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो । हाल ५० सम्पदा पुननिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। चालु आर्थिक वर्षमा ३० सम्पदाको पुननिर्माण सुरु गर्न बजेट विनियोजन भएको उनले बताएका छन् । 

भूकम्पले एक सय वर्षभन्दा पुराना दुई सय १५ गुम्बामा क्षति पुर्‍याएको जनाउँदै कुँवरले तीमध्ये २५ वटाको पुननिर्माण भइरहेको बताएका छन् । बाँकीको पुनःनिर्माणका लागि पहल भइरहेको विभागले जनाएको छ । सम्पदा पुनःनिर्माणका लागि काठ, इट्टालगायत निर्माण सामग्री नपाइने समस्याका कारण काममा ढिलाइ भएको प्रवक्ता कुँवरको भनाइ थियो । 

विसं २०७६ चैत ११ पछि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका समयमा गरिएको बन्दाबन्दी, खरिद प्रक्रिया लामो हुनु, बजेट पर्याप्त नआउँनुलगायत कारणले पनि काममा ढिलाइ हुने गरेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १ : ४७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण