पाँच हजार श्रमिक परिवारलाई ‘सुधारिएको चुलो’ वितरण | Khabarhub Khabarhub

पाँच हजार श्रमिक परिवारलाई ‘सुधारिएको चुलो’ वितरण


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– वातावरण संरक्षण केन्द्र (इपिसी)नेपालले झापालगायत कोशी र मधेस प्रदेशको आठ जिल्लाका विपन्न तथा श्रमिक परिवारलाई खाना पकाउने एलपी ग्यासको विकल्पको रुपमा ‘सुधारिएको चुलो’ वितरण गरेको छ ।

इपिसीका झापा संयोजक अमर मेचेले झापाको मेचीनगरका आठ वटा वडामा हालै पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुलो वितरण गरिसकेको बताए। 

खुला बजारमा रु पाँच हजार मूल्य पर्ने उक्त चुलो विपन्न तथा श्रमिक परिवारलाई ढुवानी खर्चबापत रु दुई सय मात्र लिएर वितरण गरिरहेको उनले जानकारी दिए। विद्युत् र दाउरा दुवै प्रयोग हुने सुधारिएको चुलोे सिङ्गापुरको भिएनभी एडभाइजरी नामक दातृ संस्थाको सहयोगमा वितरण गरिएको हो । हाल झापा, उदयपुर धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा यो परियोजना सञ्चालन भइरहेको छ ।

थोरै दाउराले धेरै ऊर्जा दिने गरी चुलोको ‘डिजाइन’ गरिएको र यसको प्रयोगबाट खाना पकाउने एलपी ग्यासको निर्भरता हट्ने संयोजक मेचेले बताए। वातावरण प्रदूषण न्यूनीकरणमा समेत यो प्रविधिको चुलोेले सघाउ पुग्ने भएको छ ।

मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले वडा कार्यालयले स्थानीय चिया मजदुर र विपन्न परिवारको पहिचान गरेर इपिसीबाट प्राप्त पाँच सय चुलो वितरण गरिसकेको र अरु माग भइरहेको बताए। ‘थोरै दाउराले धेरै खाना पकाउन सकिने प्रविधियुक्त यो चुलो पाउँदा विपन्न परिवार खुसी भएका छन्’, वडाध्यक्ष ओलीले भने, ‘मुलुक आर्थिक संकटबाट गुज्रिरहेको बेला खाना पकाउन विदेशबाट आयात हुँदै आएको एलपी ग्यासको प्रयोग न्यूनीकरणमा समेत यसबाट मद्दत पुगेको छ ।’

दातृ संस्था इपिसीले चुलोको पाँच वर्षको ग्यारेन्टी दिएको र बिजुलीबाट चल्ने पङ्खा र एडप्टर बिग्रिए फेरिदिने प्रतिबद्धता जनाएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए। खुलेको कुनै पनि सामान नफाल्न आग्रह गर्दै इपिसीले पुरानो चुलोको साटो नयाँ दिने जनाएको छ । 

चिया, यातायात, प्लाइउड र कृषि श्रमिकको ठूलो सङ्ख्या रहेको मेचीनगर नगरपालिकामा २५ हजार चुलोे वितरण गर्ने लक्ष्य लिइएको इपिसीका झापा संयोजक अमर मेचेले जानकारी दिए । चुलो पाउने परिवारको निष्पक्ष छनोट र वितरणका लागि इपिसीले नगरपालिका र वडा कार्यालयसँग सहकार्य गरिरहेको छ ।

मेचीनगरको वडा नम्बर १, २, ४, ५, ७, ८, ९ र १५ मा चुलो वितरण भइसकेको छ र पहिलो चरणमा निम्न वर्गीय परिवारलाई सुधारिएको चुलो वितरण गर्ने र दोस्रो चरणमा मध्यम वर्गका उपभोक्ताका लागि विद्युतीय इन्डक्सन चुलोे वितरण गरिने संस्थाको योजना रहेको मेचेले बताए।

झापाको मेचीनगरपछि बुद्धशान्ति गाउँपालिकाको वडा नं ४ र ५ स्थित सुकुम्बासी बस्ती तथा इलाम जिल्लाको दक्षिणी बस्तीमा यस्तै चुलो वितरण गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  १ : ४५ बजे

मनाइयो कानुन दिवस : छिटो–छरितो न्याय प्रदान गर्न जोड

काठमाडौं– विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधान न्यायालय

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए

धनगढी– बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका

‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’ 

पाटन– किसान पलायन भए उद्योग व्यवसाय पनि सबल नरहने भन्दै