पाँच हजार श्रमिक परिवारलाई ‘सुधारिएको चुलो’ वितरण « Khabarhub

पाँच हजार श्रमिक परिवारलाई ‘सुधारिएको चुलो’ वितरण


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– वातावरण संरक्षण केन्द्र (इपिसी)नेपालले झापालगायत कोशी र मधेस प्रदेशको आठ जिल्लाका विपन्न तथा श्रमिक परिवारलाई खाना पकाउने एलपी ग्यासको विकल्पको रुपमा ‘सुधारिएको चुलो’ वितरण गरेको छ ।

इपिसीका झापा संयोजक अमर मेचेले झापाको मेचीनगरका आठ वटा वडामा हालै पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुलो वितरण गरिसकेको बताए। 

खुला बजारमा रु पाँच हजार मूल्य पर्ने उक्त चुलो विपन्न तथा श्रमिक परिवारलाई ढुवानी खर्चबापत रु दुई सय मात्र लिएर वितरण गरिरहेको उनले जानकारी दिए। विद्युत् र दाउरा दुवै प्रयोग हुने सुधारिएको चुलोे सिङ्गापुरको भिएनभी एडभाइजरी नामक दातृ संस्थाको सहयोगमा वितरण गरिएको हो । हाल झापा, उदयपुर धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा यो परियोजना सञ्चालन भइरहेको छ ।

थोरै दाउराले धेरै ऊर्जा दिने गरी चुलोको ‘डिजाइन’ गरिएको र यसको प्रयोगबाट खाना पकाउने एलपी ग्यासको निर्भरता हट्ने संयोजक मेचेले बताए। वातावरण प्रदूषण न्यूनीकरणमा समेत यो प्रविधिको चुलोेले सघाउ पुग्ने भएको छ ।

मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले वडा कार्यालयले स्थानीय चिया मजदुर र विपन्न परिवारको पहिचान गरेर इपिसीबाट प्राप्त पाँच सय चुलो वितरण गरिसकेको र अरु माग भइरहेको बताए। ‘थोरै दाउराले धेरै खाना पकाउन सकिने प्रविधियुक्त यो चुलो पाउँदा विपन्न परिवार खुसी भएका छन्’, वडाध्यक्ष ओलीले भने, ‘मुलुक आर्थिक संकटबाट गुज्रिरहेको बेला खाना पकाउन विदेशबाट आयात हुँदै आएको एलपी ग्यासको प्रयोग न्यूनीकरणमा समेत यसबाट मद्दत पुगेको छ ।’

दातृ संस्था इपिसीले चुलोको पाँच वर्षको ग्यारेन्टी दिएको र बिजुलीबाट चल्ने पङ्खा र एडप्टर बिग्रिए फेरिदिने प्रतिबद्धता जनाएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए। खुलेको कुनै पनि सामान नफाल्न आग्रह गर्दै इपिसीले पुरानो चुलोको साटो नयाँ दिने जनाएको छ । 

चिया, यातायात, प्लाइउड र कृषि श्रमिकको ठूलो सङ्ख्या रहेको मेचीनगर नगरपालिकामा २५ हजार चुलोे वितरण गर्ने लक्ष्य लिइएको इपिसीका झापा संयोजक अमर मेचेले जानकारी दिए । चुलो पाउने परिवारको निष्पक्ष छनोट र वितरणका लागि इपिसीले नगरपालिका र वडा कार्यालयसँग सहकार्य गरिरहेको छ ।

मेचीनगरको वडा नम्बर १, २, ४, ५, ७, ८, ९ र १५ मा चुलो वितरण भइसकेको छ र पहिलो चरणमा निम्न वर्गीय परिवारलाई सुधारिएको चुलो वितरण गर्ने र दोस्रो चरणमा मध्यम वर्गका उपभोक्ताका लागि विद्युतीय इन्डक्सन चुलोे वितरण गरिने संस्थाको योजना रहेको मेचेले बताए।

झापाको मेचीनगरपछि बुद्धशान्ति गाउँपालिकाको वडा नं ४ र ५ स्थित सुकुम्बासी बस्ती तथा इलाम जिल्लाको दक्षिणी बस्तीमा यस्तै चुलो वितरण गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  १ : ४५ बजे

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ– जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष,

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम