पोल्यान्डबाट जर्मनी जाने बिच बाटोमा सशस्त्र सरकारी जत्थाको कारमा लस्कर छ। अवैध बाटोबाट मान्छे ओसारपसार गर्ने गिरोहको खोजीमा उनीहरू सक्रिय छन्। धेरै जसो आप्रवासीको सामानको अत्तोपत्तो छैन। अवैध रूपले आउने आप्रवासीलाई रोक्न यो पछिल्लो कदम हो। गाउँको सीमामा गएर हेर्ने हो भने त्यहाँ ध्यान दिनुपर्ने अझै केही कुरा बाँकी छ।
यसै मध्येको एउटा गाउँ चेक गणतन्त्रसँग जोडिएको साक्सोनीको अटेनबर्ग हो। त्यहाँ भित्र रिसोर्ट छ भने गाउँतर्फ लम्कनेको एउटा ठुलो भिड नै छ। मेयर मार्कस विजनवर्गका अनुसार तस्करले प्रत्येक दिन एक जना आप्रवासी त्यस स्थानमा छाड्ने गरेका छन्। नयाँ आउनेहरू त्यहाँका स्थानीयसँग घुलमिल गरेर बस्न थालेका छन्।
अहिलेसम्म यसरी मान्छे ओसार्ने गिरोहलाई पक्रन जर्मनीको सरकारी निकाय असफल भएको छ। आप्रवासीहरू स्लीपीङ ब्यागमा धेरै सुत्ने गरेका छन्। उनीहरूलाई बाल बच्चाको चिन्ता लाग्ने गरेको छ। अहिले जर्मनीका यो बहसको ठुलो विषय बनेको छ।
स्थानीय निर्वाचन नजिकिँदै जाँदा दक्षिण पन्थी शक्ति यसको खोजी गर्न व्यस्त छ। यसै कारण मन्त्रालयले गत महिना नै पोल्यान्ड, चेक गणतन्त्र र स्वीजरल्यान्डबाट आउने पैदल बाटोमा निगरानी राख्न निर्देशन गरेको थियो।
पछिल्लो साता यसलाई विस्तार गर्दै अस्ट्रियामा पनि निगरानी गर्ने सोच बनाएको हो। सन् २०१६ यता सबै भन्दा धेरै अवैध रूपले जर्मनी आउनेको सङ्ख्या यसै वर्ष देखिएको छ।
जर्मनी मात्र होइन, शरणार्थीको रूपमा बस्न चाहनेको संख्या सबै सेन्जन देशहरूमा बढ्दो छ। अगस्ट महिनामा कुल १ लाख आप्रवासी मध्येका ३० प्रतिशतले युरोपेली युनियन, नर्वे र स्वीजरल्यान्डमा शरणार्थीका लागि निवेदन दिएका थिए। जर्मनीको साक्सोनीको एउटा गाउँमा पनि ५० भन्दा बढी युवाहरू आफ्नो भविष्यको चिन्ता गरेर बसेका छन्। सिरियाका ३० वर्षीय मोहम्मद अबदाउमको प्रयास सफल भएको छ। यस सफलतासँगै उनले भिसा पाउने पनि निश्चित भएको छ।
त्यस आप्रवासीको निकास स्थानमा उनको भूमिका नेतृत्वदायी छ। उनी अझ धेरै जनालाई त्यही स्थानमा सहयोग गर्ने विचारमा छन्। उनी कहिले कहीँ भावुक पनि हुन्छन्। लामो समयको आफ्नो मेहनतलाई छाडेर जिन्दगी शून्यबाट सुरु गर्नुपर्दा उनको दुःखको सीमा नै छैन।
उनले यस प्रयासमा १० वर्ष भन्दा लामो समय बिताएका छन्। आफ्नो परिवार र साथीहरू छाडेर त्यहाँ आएका उनलाई उनीहरूको यादले बारम्बार सताइ रहन्छ। युद्धले ग्रसित सिरियाबाट टर्कीको बालकन्स हुँदै चेक गणतन्त्रको मिसा पार गरेर उनी जर्मनी पुगेका हुन्। पाइनको रुख पार गर्दै उनी त्यहाँबाट आइ पुगेका थिए।
युरोपेली युनियनको बाटो हुँदै आएका उनको अन्तिम लेग भने रेलको बाटो हुँदै प्रागबाट जर्मनी थियो। जर्मनी मै परिवारसहित बिताउने उनको अबको प्रयास हुनेछ। उनको कागजपत्र पुरा भएको साँझमा ४५ जना होस्टेलबाट पर १० मिनेटको बाटोमा एउटा भिलेज स्क्वारमा भेट गरेका थिए।
त्यहाँ जम्मा हुनेहरूले अपार्टमेन्ट नै आप्रवासी निवास स्थान नहोस् भनेर विरोध प्रदर्शन गरेका थिए। त्यहाँको उद्घोषकले आप्रवासीलाई स्थापित गराउने विषयको विरुद्धमा आवाज उठाइ रहेका थिए। उनले एक इराकी परिवार त्यहाँ पुगेपछि बच्चा नै आत्तिएको बताए।
उनीहरूको विचारमा यसरी आउनेहरू विदेशी सेना जस्तै हुन्। आफ्नो सङ्ख्या धेरै भएपछि आदेश पाउने बित्तिकै जर्मनी नै खत्तम हुने चिन्ता धेरैले गर्न थालेका छन्। विरोध प्रदर्शन गर्ने समूहले चोकमा मार्च पास समेत गरेको थियो।
जङ्गलको बाटो हुँदै कठिन चुनौती भोग्दै त्यहाँ पुगेपछि सुरक्षित र सुनौलो भविष्य देख्नेहरू युवाहरू पनि अहिले आजित भएका छन्। आप्रवासीको विरुद्धमा रहेको अल्टरनेभिट फर डचल्यान्ड पार्टीको पक्षमा अहिले त्यहाँ प्रत्येक दिन जनमत बढी रहेको छ।
सत्तारुढ दलले प्रयास नै नगरेको भने होइन। चान्सलर ओलाफ स्कोल्ज सबै आप्रवासी फर्काउनका लागि वार्ता गर्न नाइजेरियामा नै पुगे। अहिले नै आप्रवासी समस्याका कारण सबै कुरा गुमेको भन्ने पक्षमा सरकार सहमत छैन। तथापि यस सवालमा सचेत हुन आवश्यक रहेको जनाएको छ।
बर्लिनमा रहेका युरोपियन स्टाबीलीटी इनिसेटिभ थिङ्क ट्याङ्क गेराल्ड नाउसले अहिले सबैमा डर भने छाउन थालेका बताउँछन्। उनले सीमामा कडा सुरक्षा अपनाउनु नै सबैभन्दा उत्तम उपाय भएको बताएका छन्। एकदमै छिटो तरिकाबाट आप्रवासी समस्या समाधान गर्नु सही विकल्प नभएको उनको ठहर छ।
जर्मनीका केही वरिष्ठ राजनीतिज्ञ तथा सत्तारुढ तीन दलका नेताहरू अहिले अन्य देशसँग नै वार्ता गरेर समाधानको बाटो खोज्ने कुरामा सहमत हुन थालेका छन्। त्यहाँ आप्रवासीको निवेदन अन्य अन्य युरोपेली देशमा पनि पठाउन सकिने अर्को विकल्पको बारे पनि सल्लाह हुन थालेका छन्।
पछिल्लो समय त युरोपमा जीवन बिताउने मोहका कारण भूमध्य सागरीय बाटो नै आप्रवासी रुट मात्र बन्ने त होइन भन्ने आशङ्का थपिएको छ।
जर्मनीमा सफलता पाउने आप्रवासीले तत्काल अर्को युरोपेली देश पनि जाने गरेका छन्। यस कारण अन्य देशले पनि जर्मनीको आप्रवासी भिडका कारण आजित भएका छन्। इङ्गल्यान्डले आप्रवासी व्यवस्थापनका लागि रुवान्डासँग पनि वार्ता गरीरहेको छ। सोमबार नै जर्मन चान्सलर स्कोल्जले यस विषयमा स्थानीय नेताहरूसँग सल्लाह पनि गर्ने छन्।
अवैध आप्रवासीका कारण सिप भएका कामदारलाई प्रभाव पर्ने त होइन भन्ने चिन्ताले उनीहरू आजित छन्। पछिल्लो समय रुसले आक्रमण गरेपछि युक्रेनबाट पनि धेरै जना जर्मनी जान थालेका छन्। खासमा महिला र बच्चा जर्मनी पुगेका छन्। त्यहाँको विरोधी दलले सरकार आप्रवासी समस्यामा चुकेको मुद्दालाई ग्रामीण तहसम्म लैजान तल्लीन भइरहेको छ।
एन्जेला मार्केलको क्रिस्चीयन डेमोक्र्याट पार्टीबाट निर्वाचित मेयर मर्कस विजेनवर्ग पनि केन्द्रीय सरकार धेरै कुरा चुकेको बताउँछन्। उनले सन् २०१५ मा युरोपमा देखिएको आप्रवासी व्यवस्थापनको समस्याले अझै नचेतेको आरोप लगाउँछन्।
पछिल्लो समय तेस्रो विश्वको गरिबी तथा रुस र युक्रेन बिचको युद्धका कारण युरोपमा आप्रवासी समस्या बढी रहेको छ। भू–मध्य सागरीय कठिन बाटो हुँदै युरोप जाने र त्यसरी पठाउने तस्करको बिगबिगी बढेको छ। सायद अब युरोपेली युनियनका हरेक फोरममा यो एउटा गम्भीर बहसको विषय बन्न सक्नेछ।
स्रोतः बीबीसी
प्रतिक्रिया