गोरखाको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो « Khabarhub

गोरखाको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यस वर्षको अक्टोबरसम्म सात हजार आठ सय ६२ विदेशी पर्यटकले भ्रमण गरिसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय एमक्याप गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

यस वर्षको अक्टोबर महिनासम्ममा यस क्षेत्रमा अघिल्लो वर्षभन्दा बढी पर्यटक भ्रमणका लागि आइपुगेको उनले बताए । ‘‘सन् २०२२ मा छ हजार एक सय दुई यस क्षेत्रमा आइपुगेका थिए’ उनले भने, ‘‘यो वर्ष सकिन अझै दुई महिना बाँकी छदैँ सात हजार आठ सयभन्दा बढी पर्यटक आइपुगेका छन् ।’’

मनास्लु क्षेत्र घुम्न जानेहरुमा यसवर्ष सार्क राष्ट्रका एक सय ७८ जना, रहेका छन् भने त्यस बाहेक अन्य देशका सात हजार छ सय ८४ जना रहेको उनले बताए । यहाँ आइपुग्ने पर्यटकमा चार हजार पाँच सय १९ पुरुष र तीन हजार तीन सय ३८ महिला पर्यटक रहेका छन् । कोराना सङ्क्रमणका कारण सुस्ताउँदै गएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको कार्यालय प्रमुख शेरचनको भनाइ थियो ।

उक्त कार्यालयको तथ्याङ्कअनुसार सन् २०२१ मा नौ सय २५ विदेशी पर्यटकले मात्र मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । अघिल्ला वर्षको तुलनामा यस वर्ष अत्यधिक पर्यटक मनास्लु पुगेको उनले बताए । “यस वर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ,” प्रमुख शेरचनले भने, “साउन महिना यतादेखि असोज अन्तिमसम्म मात्र दुई हजार ९०३ विदेशी पर्यटक मनास्लु आइपुगेका छन् ।’’

साउन महिना ८०, भदौमा पाँच सय ४७ र असोजमा दुई हजार दुई सय ७६ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरिसकेको उनले बताए । निषेधित क्षेत्रको रुपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुल्ला गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ३ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै